तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं। नेपाल इन्जिनियर्स एशोसिएसनको ३३ औं केन्द्रिय तथा दाेस्राे प्रादेशिक कार्यकारिणी समितिको निर्वाचनकाे सन्दर्भमा बृहत् राष्ट्रिय प्रगतिशिल गठबन्धनका तर्फबाट केन्द्रीय नेतृत्वमा ई. डा. सुरज लामिछाने र गण्डकि प्रदेश नेतृत्वमा ई. धुर्बराज भट्टराई तथा भुगाेलबाट केन्द्रीय सदस्यमा सिनियर डिभिजनल इन्जिनियर कुल प्रसाद पाैडेलकाे उम्मेदवारी दर्ता भएकाे छ । उक्त प्रगतिशिल प्यानलका तर्फबाट गण्डकी कार्यकारिणी समितिका लागि १५ जना प्रगतिशिल ईन्जिनियरहरूकाे उम्मेदवारी परेकाे हाे ।

उक्त प्राेग्रेसिभ ईन्जिनियरिङ एसाेसिएन नेपाल (पिन)काे एकल प्यानलमा उपसभापतिमा ई. बिमल आचार्य, सचिवमा ई. सुरेश तिमिल्सिना, सह-सचिवमा ई. बुद्धिसागर बाँस्तोला, काेषाध्यक्षमा ई. शैलेन्द्र क्षेत्री र सदस्यहरूमा ई. प्रकाश काफ्ल, ई. कृण्ण भण्डारी, ई.अस्मिता खनाल, ई. सागर बस्याल, ई.विकास सुवेदी, ई. अनुशा पहारि, ई. निशान के.सि., ई. युदिप सुवेदी क्षेत्री, ई. सन्ताेष अधिकारी र ई. राेशन स्रमाट शाहिकाे उम्मेदवारी दर्ता भएको छ।

यहि फाल्गुन २७ गते हुने निर्वाचनमा प्रगतिशिल इन्जिनियर समूह विगतमा आफ्नो समूहका तर्फबाट नेतृत्वमा पुगेका अग्रजहरुकै कारण संस्थाको गरिमा बढेको र विभिन्न उपलब्धिहरु प्राप्त भएको स्मरण गर्दै, आगामी दिनहरूमा संस्थालाई अझ सशक्त र प्रभावकारी रुपमा अघि बढाउन आफ्नो समूहको जीत अपरिहार्य रहेको भन्दै ३३ सुत्रिय प्रतिबद्धता सहित निर्वाचनमा हाेमिएकाे हाे।

“सामुहिक बिमा कार्यक्रम” जस्ता कामलाई निरन्तरता दिदै अन्य अधुरा कामहरूलाई समेत निर्णायक विन्दुमा पुर्याउने प्रभावकारिताका साथ काम गर्ने योजना अघि बढाईएकाे जानकारि ई. पाैडेलले बताउनु भयाे ।

उहाँले अाफ्ना प्रतिबद्धताहरूलाई अझ स्पष्ट बनाउदै जादा “प्रदेश र स्थानिय तहमा अलग बिकास प्रशासन”, “प्रमुख कार्यकारी ईन्जिनियर”, “विकास निर्माण एवं नितिगत बहस कार्यक्रम “, ” विद्युत ऊर्जा खपतलाई बढाऔ, पेट्रोलियम पदार्थको परनिर्भतालाई घटाऔ”, “ईन्जिनियर कृषि अभियान”, ” डिजिटल नेपाल निर्माण अभियान”, ” ईन्जिनियरहरूकाे आव्हान, समृद्ध नेपाल सुखि नेपाली निर्माणमा याेगदान “, ” सुविधा सम्पन्न ईन्टरनेटमा आम नेपाली जनताको पहुँच” जस्ता धेरै बिषयहरू समेटिएकाे र ती प्रतिबद्वताहरू क्रमिक रूपमा पूरा गर्दै जानेमा विश्वत दिलाउनु भयाे ।

युवा जाेश जागरलाई प्रतिनिधित्व गर्ने गरि ई. भट्टराईले पॉच प्रतिवद्दता ,चार समस्या, तिन संकल्प तर समाधान एउटै, सक्षम एनईए भन्ने मुल मन्त्रलाई मध्येनजर गर्दै आफुले एक पटकका लागि मात्र सभापतिकाे उमेदवारी दिएकाे बताएका छन् । एकै कार्यकालमा क्षमता देखाउन सकिने भन्दै उनले प्रदेशमा १ पटक नेतृत्व अनि हस्तान्तरणकाे सिद्धान्तलाई अनुसरण गर्दै गत निर्वाचनमा झै पिनकाे प्यानलले अधिक बहुमतका साथ जित्ने कुरामा ढुक्क रहेकाे बताए ।

राष्ट्र निर्माणको धरातल नै इन्जिनियरहरु भएकाेले इन्जिनियरिङ्ग पेशालाई स्वतन्त्र, सम्मानित, मर्यादित एवम् जवाफदेहि बनाउन आवश्यक रहेकाले सदस्यमा आफ्नो उम्मेदवारी रहेको ई. तिमिल्सिनाको भनाई छ ।

प्रगतिशिल इन्जिनियर समूहको तर्फबाट नयाँ नेतृत्वको दुई वर्षे कार्यकालमा विभिन्न कार्यक्रमहरू मार्फत इन्जिनियरिङ क्षेत्रलाई अझ सबल, सक्षम बनाउनुका साथै सुधारिएको एनईए नै ईन्जिनियरहरूकाे पहिलाे जित हुने ई. काफ्लेले हाम्रो भेटमा बताएका थिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …