तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कर्णाली। नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले केही दिनमै नेपाली राजनीतिमा नयाँ ध्रुवीकरणको सङ्केत देखापरेको बताउनुभएको छ । सुर्खेतमा आज स्थानीय तहको निर्वाचन केन्द्रीत प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरणलाई सम्बोधन गर्दै उहाँले अमेरिकी सहायता सम्झौता एमसिसीलाई संसद्बाट पारित गर्ने विषयले राष्ट्रिय राजनीतिमा नयाँ धु्रवीकरण देखापर्ने बताउनुभएको हो ।

नेता थापाले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेसम्म एमाले संसदीय प्रक्रियामा सहभागी नहुने अडान कायमै रहेको स्पष्ट पार्नुभयो । “जबसम्म एमालेको माग पूरा हुँदैन, तबसम्म एमसिसीका बारेमा पार्टीले कुनै धारणा बनाउँदैन”, उहाँले भन्नुभयो, “यदि सरकारलाई एमालेको सहयोग चाहिएको हो भने पहिले एमालेलाई संसदीय प्रक्रियामा भाग लिने वातावरण बनाउनुप¥यो ।” उपाध्यक्ष थापाले एमालेविरुद्ध बनेको गठबन्धनका कारण मुलुक अस्थिरता र अराजकतातर्फ धकेलिएको टिप्पणी गर्नुभयो ।

प्रशिक्षण कार्यक्रममा उहाँले एमालेकै नेतृत्वमा समृद्धिको अभियान अघि बढ्ने भन्दै निर्वाचनमा बहुमत ल्याउने गरी तयारीमा लाग्न नेता–कार्यकर्तालाई निर्देशन दिनुभयो । कार्यक्रममा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली, स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेललगायतले स्थानीय तहको निर्वाचन तयारी केन्द्रित मन्तव्य व्यक्त गर्नुभएको थियो । दुईदिने प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य, सङ्घीय सांसद, प्रदेश सांसद, स्थानीय तहका प्रमुख–उपप्रमुख, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारीको सहभागिता छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …