तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

अनुसा थापा ,भक्तपुर

काठमाडौं । नेपालको भुमिमा जन्मेको हामी नेपाली हुनुमा निकै नै गर्व गर्छौ । नेपालीको पहिचान दिने हामीसंग नेपाली नागरिकता छ । सरकारले मेरो मुलुकका नागरिकहरु हुन् भन्दै नागरिकता दिएको हो जसलाई हामी अधिकांश समय आफ्नो खल्तीमा राख्छौं । भन्नलाई नेपाली भन्छौं, वीर गोर्खालीको देशमा जन्मेको गर्व गछौं तर मालसामान भने सबै भारतबाट आयात गर्छौ ।

बिहानबेलुका हाम्रो चुलोमा पाक्ने खानेकुरासमेत भारतबाटै आउछ । भारतले आफ्नो मुलुकको सामान व्यापार गर्ने थलो बनाएको छ भने नेपाल पनि भारतमै आश्रित छ । चामल, खसीबोका, सागसब्जी, टमाटर, तेल, अन्य अन्नहरु पनि सबै भारतले नै पठाँउछ । भारतले उत्पादन र्छ नेपालीले खरिद गरेर खाने काम मात्र गरिरहेको छन् ।

यता, भारतमै बनेका निर्माणधीन सामानहरुको प्रयोग गरेर नेपालीहरुले घर बनाउछन् । फलाम, रङ, डण्डी, पाइपलगायत अधिकांश सामानहरु भारतले नै बिक्री गर्छ । भारतमा नेपालीहरु यतिसम्म आश्रित भइसकेका छन् कि उनीहरुको केही कारण नेपालसंग नोकझोक भयोभने नेपाली भोकभोकै मर्नुपर्छ ।

भारतबाट आएको सामानले बाटो त बन्यो तर नेपालमा गाडी बन्दैन् । गाडी चढ्नको लागि पनि भारतकै भर छ । निजी, संस्थान, सार्वजनिक सबै गाडीहरु भारत र तेस्रो मुलुकबाट आयात भइरहेको छ । भारतले जर्बजस्ती नेपालको आधा भुभाग कब्जा गप्यो । भारतले कब्जा गरेको भुभाग नेपाल सरकारले फिर्ता ल्याउन सकेन् ।

सयौ वर्षअघिदेखि भारतले विभिन्न बहानाबाजी गरेर नेपाली भुभाग मिच्दै आएको छ । तर, नेपाल सरकारले आफ्नो भुभाग बचाउनको लागि केही गर्न सकेको छैन् । चीनले सीमाना मिचेर नेपालको भुभाग कब्जा गरिसकेको छ । छिमेकी मुलुकले मिचेर बाँकी भएको जमिन पनि बाटो र घर बनाएर सिद्धिसक्यो ।

यसरी अव्यस्थित रुपमा घर र बाटो बन्नुमा भुमि सुधार मन्त्रालय र कृषि मन्त्रालय दोषी छ । यी मन्त्रालयले उब्जनी हुने जग्गा बचाउनको लागि ऐनकानुन नबनाउदा भारतमा परनिर्भर बन्नुपरेको छ । छिमेकी मुलुकले पहिल्यैदेखि साँध मिचेर र पिल्लर सारेर नेपालको भुमि कब्जा गर्दै आएको थिए ।

कब्जा गर्न नसकेको जमिनलाई विकासको नाममा विनाश गरिदिए । घर, बाटो र पुल बनाउदा विकास हुन्छ भनेर आज उनीहरु नेपाल सिद्धाउन सफल भएको छन् । सबै आवासीय क्षेत्र बनाएर सिद्धाइदिए अनि आफ्नो मुलुकको व्यापार गर्ने थलो नेपाल बनाउने । उब्जनी हुने जग्गा दोहन गरेर बाटो बनाइएको छ । यहाँ गुड्ने सबै भारतबाट आएको गाडीहरु हुन् ।

यता, घर बनाएर मात्र मुखमा माड लाग्दैन् । खाधान्नबिना बाँच्न सकिन्न । खानलाई आवश्यक पर्ने दुधदेखि लिएर सागसमेत भारतले पठाउछ । भारतले बस् भने बस् उठ भने उठ् नेपालीको यस्तो स्थिति आइसकेको छ । नेपालका राजनितिक दलहरु भारतको दलाली बन्दा आज नेपाल नै नरहने स्थितिमा आइपुग्यो ।

उब्जनी हुने जग्गा त यिनीहरुकै कारण सिद्धिहाल्यो । यता, बाँकी भएकालाई पनि यिनीहरुले फिर्ता ल्याउन सकेको छैनन् । भारतले योभन्दा अगाडि पनि नाकाबन्दी गरिसकेको छ । त्यतिखेर नेपालमा कस्तो अवस्था जाइलागेको थियो सबैलाई थाहा नै छ । अब पनि भारतले नाकाबन्दी लगाउने हो भने धेरै नेपालीले भोक नसहनसकेकै कारण प्राण त्याग्नुपर्ने दिनको सिर्जना हुन्छ ।

नेपालीहरुले हामी आत्मनिर्भर छौ भन्ने दिन सिद्धिए । जति नै छाती ठोकेपनि अब नेपालीहरु आत्मनिर्भर बन्न सक्दैनन् । नेपालीको सम्पत्ति दुईदेखि तीन आनामा बनेको घर । उसले सबै सामान किनेर खानुपर्ने बाध्यता छ । खेती गर्नलाई नेपालीहरुसंग जग्गाजमिन बाँकी छैन् ।

विगत १० वर्षको अन्तरमा जनसंख्या केही हदसम्म बढेको छ । तर, जमिन त जनसंख्या अनुसार बढेको छैन् । बरु घटिरहेको छ । अब जन्मेका नेपालीहरुले के खाने ? पछिल्लो समय जन्मेका बालवालिकाले धानको बोट चिन्दैनन् । सागसब्जी फलेको उनीहरुले देखेको छैनन् ।

नेपालको अस्तव्यस्त विकास नितिको कारणले अबको १० वर्षमा नेपालीहरु भोकभोकै बस्नुपनेृ दिन आँउछ । टन्न पैसा हुनेले त मँहगोमा पनि किनेर खालान् तर आयस्रोत नहुनेहरु भोकै मर्नुपर्ने हुन्छ । भारतले तोकेको जति पैसा तिरेर हामीले खाधान्न खरिद गरेर खाइरहेको छौ ।

भारतबाट ल्याएको खाधान्नहरु बासी र विषालु हुन्छन् । जसले नेपालीहरुमा दीर्घकालिन रोग निम्त्याइरहेको छ । यता, खाधान्न व्यापार गर्दा पनि भारतले नै फाइदा लिइरहेको छौ । तर, त्यसको शिकार भने हामी बनिदिएका छौ । एउटा सामान्य ज्वरो आँउदा खाने सिटामोल त भारतबाट आयात गर्नुपर्छ भने दीर्घकालिन रोगको उपचार गर्दा भारतले नेपालबाट कति पैसा लैजान्छ ।

अहिले अधिकांश नेपाली बेरोजगारी हुनुको प्रमुख देन पनि भारत नै हो । भारतले सबैतिरबाट नेपाललाई जालमा फसाउने रणनिति गर्दै थियो जसमा उसले जित हासिल गरेको छ । विकासको नाममा विनाश गप्यो, अस्तव्यस्त सहर बस्यो । यता, जग्गा सबै उसकै कारण सिद्धियो सामान व्यापार गर्ने थलो नेपाल बन्यो ।

उसकै खाधान्नखाएर नेपाली बिरामी भइदिए उपचार खर्च पनि उसले नै लग्यो । जग्गा सबैसिद्धियो आज अधिकांश नेपाली बेरोजगार बनेका छन् । नेपालमा जग्गा प्लानिङ गर्ने हाउजिङ कम्पनी खोल्न लगाउने पनि भारत नै हो । जग्गा प्लानिङ गर्न भनेर भारतले यी कम्पनीहरुलाई डोजर अनुदान दियो ।

मुलुकका नबुझेका र पैसामा डुबेका यस्ता कम्पनी खोल्ने दलालीहरुले नेपालको जमिन सबै टुक्राटुक्रा बनाएर सकिदिए । बिघाबिघा जमिन सबै यी कम्पनीले खण्डीकरण गरे । खेतीयोग्य जमिन सबै सिद्धिइसकेपछि नेपाललाई हस्तक्षेप गर्न सजिलो हुन्छ भन्ने बारे भारतलाई पहिल्यै नै थाहा थियो ।

अझै पनि हामी नेपाली हौ भनेर गर्व गर्नु नेपाललाई नै लज्जित बनाउनु हो । नेपाली भएर जन्मियौ तर आफ्नो जन्मभुमि बचाउन हामी नेपाली असफल बनेको छौ । नेपाल आमालाई हामीले खण्डीकरण गप्यो चिराचिरा पाप्यौ घर बनायौ र सिद्धायौ । नेपाली भनेर चिनाउन हामीसंग अब दुई आनामा बनेको घरको लालपुर्जा मात्र छ ।

नेपालीले बेलैमा नसोच्दा भारत सरकार धनी बन्यो । हामीले दुई रुपिँयाको सामान निर्यात गर्छौ १० रुपैंयाको आयात । दुई रुपैयामा भारतले नेपालबाट जडीबुटी लान्छ २० रुपैंयामा औषधी बनाएर फेरि हामीलाई नै बेच्छ । नेपाली सबै भेडाबाख्रा हुन् भन्ने वाक्यलाई हामीले सही तुल्याइदिएको छौ ।

नेपालको उब्जनी हुने जमिन बचाउन नसक्ने भुमि सुधार मन्त्रालय र विभाग खारेज गरिदिए हुन्छ । कृषियोग्य जमिन सदुपयोग गर्न नसक्ने कृषि मन्त्रालय र विभाग पनि खारेज गरिदिए हुन्छ । काम गर्न नसक्ने मन्त्रालय र विभागका कर्मचारीलाई बेकारमा किन तलब खुवाउने ?भुमि सुधार मन्त्रालयले १० वर्गमा जग्गाको वर्गीकरण गरेपनि त्यो कार्यान्वयनमा लैजान सकेन् । अहिले पनि खेतीयोग्य जमिनमा घर बनिरहेको छ । यसमा रोक लगाउन मन्त्रालयले सकिरहेको छैन् ।

एक साताअघि सागपात लहलह भइरहेको जमिनमा एक सातापछि घरको जग हालिरहेको देखिन्छ । खेतीयोग्य जमिनमा खेती नै गर्नेलाई सरकारले कर छुट दिएन् । उब्जनी हुने जमिनमा घर बनाउनेलाई थप कर ल्याउन पनि सरकार असफल रह्यो । खेतीयोग्य जमिनमा बनाएको घर भत्किएपछि सो जमिनमा खेती नै गर्नुपर्ने नियम बनाउनमा पनि यी मन्त्रालय असफल रह्यो ।

जमिन व्यक्तिको निजी सम्पत्ति हो भनेर सरकारले छाडा छोडिदियो । खेतीयोग्य जमिनमा घर बनाउन दिनुहुन्न, भोलि आफ्नो नागरिकहरु भोकभोकै मर्छन् भनेर सरकारले सोचेन् । यस्ता जमिन बचाउनको लागि सरकारले कुनैपनि ऐनकानुन बनाएन् । पछिल्लो समय जंगल पनि सबै मासिसकेको छ ।

ज्ांगल पनि मासिदा श्वासप्रश्वासमा निकै कठिनाइ हुन्छ । प्रदुषणले नेपालीको स्वासथ्यमाथि गम्भीर असर पुप्याएको छ । एकातिर नेपालमा पछिल्लो समय बसेको अव्यवस्थित सहरीकरण मानिसको आँखामा बिझ्छ । वैदेशिक व्यापारमा घाटा लाग्दा नेपालको अर्थतन्त्र टाट पल्टेको छ ।

अबपनि बाँकी भएको जमिनलाई बचाउन नसक्ने हो भने नेपालमा अर्थतन्त्र नै रहदैन् । अधिकांशको सोच दुई आना जग्गा किन्ने, पाँच तले घर बनाउने र भाँडामा लगाउने । भाँडामा लगाउने, बसीबसी खाने, खेतीयोग्य जमिन सिद्धाउने । नेपाल कब्जा गर्ने योजनामा भारत सफल भइसकेको छ ।

अब नेपालीले नागरिकता र लालपुर्जा फेर्नमात्र बाँकी छ । असक्षम राजनितिक दलको कारणले नेपाल भारतको मुठ्ठीमा आइपुगेको छ । नेपाली नेताहरु भारतको दलाली नबनेको भए आज यस्तो दिन आउदैनथ्यो । नेपाल हटाएर भारत राख्न मात्र बाँकी छ केही वर्षपछि यसमा पनि ऊ सफल हुने देखिन्छ ।

 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …