तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

तनहुँ ।तनहुँको बन्दिपुर गाउँपालिका- ६ धरमपानीमा जिप दुर्घटना हुँदा नौ महिने शिशुसहित ६ जनाको मृत्यु भएको छ । सारङघाटबाट धरमपानी बाक्से आउँदै गरेको ग१ज ६५५५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिव एक सय मिटर तल खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । 

बन्दिपुर-६ बाक्से हटियामा भएको दुर्घटनामा बन्दिपुर-६ धरमपानी बस्ने ९ महिने शिशु आरुबी थापासहित सोही ठाउँका २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षका हरिबहादुर न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपानेको घटनास्थलमै मृत्यु भएको खड्काले बताएका छन् ।

यस्तै, दुर्घटनामा परी घाइते भएका ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीया बीमाया गुरुङको उपचारका क्रममा मृत्यु भएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताए ।

जिपमा १७ जना सवार रहेको बताइएको छ । जीप चालक फरार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका ८ जनालाई थप उपचारका लागि भरतपुर पठाइएको र एक जनाको अवस्था गम्भीर रहेको अध्यक्ष थापाले बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …