तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

रामपुर। जापानीज नागरिक काजुमासा काकिमी (ओकेबाजे) कोे सहयोगमा विपन्न परिवारलाई राहत वितरण गरिएको छ । उहाँले पाल्पाको निस्दी गाउँपालिकाको झिरुबास, ज्यामिरे, अर्चले लगायत विभिन्न ठाउँका नागरिकलाई राहत वितरण गर्नुभएको छ ।

यहाँका ६३ घर परिवारलाई खाद्यान्नलगायत सामग्री उपलब्ध गराइएको छ । काकिमीले दैनिक मजदुरी गरेर खाने र घरको आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गर्न पाउदा आफूलाई खुशी लागेको बताउनुभएको छ । अर्चलेमा ६३ घर परिवारलाई प्रतिघर ५० किलोको दरले चामल वितरण गरिएको छ ।

यसैबीच समाजसेवी काकिमीले कमला प्राथमिक विद्यालयको प्रवेशद्धार निर्माणका लागि रु एक लाख र सिन्दुर आधारभूत विद्यालयका लागि झोला अक्षय कोषबाट शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …