तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले पार्टीभित्र रुपान्तरणको अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले आफूले रुपान्तरण र परिवर्तनको पक्षमा मत मागेर विजयी भएको बताउँदै अब पार्टीभित्र रुपान्तरण अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको हो ।

उपसभापति गुरुङले पार्टीभित्र विगतमा भएका कमी कमजोरीलाई सच्याउँदै अगाडि बढ्ने बताउनुभएको छ । विधि र विधानअनुसार पार्टी चलाउने पक्षमा आफू रहेको उहाँको भनाइ थियो ।

उहाँले महाधिवेशनको सन्दर्भमा चुनावी प्यानल बनेपनि विजयी भएपछि पार्टी बलियो बनाउने कुरामा सबै लाग्ने बताउनुभयो । उहाँले सरकार पनि नयाँ ढङ्गले चल्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उपसभापति गुरुङले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने बताउनुभयो । “हामी विधि, विधान, सिद्धान्त र आदर्शबमोजिम नेपाली कांग्रेसको सङ्गठन हाँक्न चाहन्छौँ”, उहाँले भन्नुभयो । कांग्रेस व्यक्तिको अनुहार लिएर जाने भन्दापनि विचार र सिद्धान्त लिएर जनतामाझ जाने उहाँको भनाइ थियो । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …