तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

दमक। नेकपा (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा दमकका तीन जना जनप्रतिनिधिसमेत रहेका नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । यसरी उम्मेदवारी घोषणा गर्नुहुनेमा राष्ट्रियसभा सदस्य देवेन्द्र दाहाल, १ नम्बर प्रदेशसभा सदस्य अर्जुन राई र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली हुनुहुन्छ । उहाँहरुले आफ्ना सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्नुभएको हो । तीनै जना उम्मेदवार दमक– ५ का बासिन्दा हुनुहुन्छ ।

दमकमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेशसभा सदस्य राईले आदिवासी जनजातिको क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभयो ।

यसैगरी राष्ट्रियसभा सदस्य दाहालले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । हाल केन्द्रीय कमिटी सदस्यसमेत रहनुभएका नेता दाहालले मजबुत पार्टी निर्माण गर्दै आगामी चुनावमा पहिलो दल बनाउने अभियानसहित उम्मेदवारी घोषणा गर्नुभएको उल्लेख छ ।

यसैगरी दमक नगरपालिकाका प्रमुख ओलीले प्रदेश १ को भूगोलबाट केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । दमकमा पत्रकार सम्मेलन गरेर उहाँले पार्टीको सङ्गठनात्मक सुदृढीकरणका साथै पार्टीले लिएको नीतिलाई जनतामाझ सशक्तरूपमा पु¥याउन आफूले उम्मेदवारी दिने बताउनुभयो । विसं २०३८ देखि पार्टी गतिविधिमा क्रियाशील रहेको स्मरण गर्दै उहाँले आफ्नो अब पार्टीको केन्द्रीय कमिटीमा बसेर काम गर्ने इच्छा प्रकट भएको उल्लेख गर्नुभयो ।

एमालेको दशौँ महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हँुदैछ । महाधिवेशनले प्रदेश १ को भूगोलबाट दुई महिला र खुलाबाट दुई गरी कूल चार जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …