तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

धनुषा। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले देशको विद्यमान समस्या समाधान कांग्रेसले नै गर्नसक्ने बताउनुभएको छ । निधिले देशको निकास र लोकतन्त्रलाई मजबुत बनाउन अगामी चुनावमा नेपाली कांग्रेसलाई नै मतदान गर्नुपर्ने बताउनुभयो ।

कांग्रेस धनुषा क्षेत्र ३ (ख) को पहिलो क्षेत्रीय अधिवेशनको उद्घाटन कार्यक्रममा आज जनकपुरधाममा उपसभापति निधिले कांग्रेसले नै देशको विद्यमान समस्या समाधान गर्ने भएकाले कांग्रेसलाई सहयोग गर्न आम जनतासँग आग्रहसमेत गर्नुभयो । उपसभापति निधिले कांग्रेस नेतृत्वमा बनेको गठबन्धन सरकारले संविधानको रक्षा गर्दै देश र जनताको हितमा केन्द्रित रहेको बताउँदै उहाँले सरकारको पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा रहेको बताउनुभयो ।

निधिले भन्नुभयो, “वर्तमान सरकार सही दिशामा अघि बढिरहेको छ । पुनः एक पटक कांग्रेसलाई मतदाताले बहुमत दिनुपर्छ ।” निधिले जनकपुरधामको पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण मानिएको नेपाल रेल्वे यथाशीघ्र सञ्चालनमा आउनुपर्ने जोड दिनुभयो । कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले आफूले कांग्रेस प्रदेश २ को सभापतिमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।

कांग्रेस धनुषा क्षेत्र ३ का सभापति शिवजी रायको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीसहितले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …