तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नवलपुर। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेपाली कांग्रेसको १४औँ महाधिवेशन प्रतिनिधिमा खुलातर्फबाट निर्वाचित हुनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं १ बाट सबैभन्दा बढी मत प्राप्त गर्ने दोस्रो नम्बरमा पर्दै पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको हो ।

जिल्लाबाट पुरुष खुलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका व्यक्तिमा गजेन्द्रबहादुर आले (५२५), कृष्णचन्द्र नेपाली पोखरेल ५२०, गणेश सापकोटा (५०५), महेन्द्रध्वज जिसी (४८५), अशोक बस्ताकोटी (४६५), मदनभक्त अधिकारी (४५७), बालकृष्ण घिमिरे (४४७), गोकुल सापकोटा (४२४), भरतराज तिवारी (४१४) र ओमप्रसाद सापकोटा (३८५) हुनुहुन्छ ।

त्यस्तै महिला खुलातर्फ ओमकला गौतम (५३१), विष्णुकुमारी कँडेल (४६१), सङ्गीता घिमिरे काफ्ले (४४३), विष्णुदेवी पाण्डे (४०३) हुनुहुन्छ । नवलपरासी बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं १ को सभापतिमा अमृत भट्टचन निर्वाचित हुनुभएको छ । भट्टचनले ६७० मत प्राप्त गर्दा उहाँका निकटम प्रतिस्पर्धी कमलप्रसाद पराजुलीले ४४७ मत प्राप्त गर्नुभएको थियो ।

सचिवमा अमृत श्रेष्ठ (५८७) र शालिकराम सापकोटा (५६४) निर्वाचित हुनुभएको छ । सहसचिवमा टीकाराम सापकोटा (५८३ मत) र तेजप्रसाद घिमिरे (५८०) विजयी हुनुभएको निर्वाचन अधिकृत चूडामणि शर्माले जानकारी दिनुभयो । मङ्गलबार भएको निर्वाचनमा नवलपुर क्षेत्र नम्बर १ मा एक हजार १५१ मत खसेको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …