तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खोटाङका प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट पदाधिकारी चयन भएका छन् ।

हलेसीमा शनिबार बिहान सम्पन्न अधिवेशनको मत परिमाण अनुसार निर्वाचन क्षेत्र नं १ (क) को सभापतिमा राजेन्द्र राई निर्वाचित हुनुभएको छ । त्यस्तै उपसभापतिमा बालकुमार राई र मित्रलाल पुरी, सचिवमा राजन भट्टराई र ज्ञानेन्द्र राई तथा सह–सचिवमा पृथ्वीनारायण आचार्य र भूपेन्द्र खनाल निर्वाचित हुनुभएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नं २ को (ख) को सभापतिमा दिनेशकुमार घिमिरे, उपसभापतिमा महेन्द्र राई र रामचन्द्र केसी, सचिवमा प्रविण राई र समराज राई तथा सह–सचिवमा राजकुमार बस्नेत र कमल प्रधान निर्वाचित हुनुभएको छ ।

काँग्रेस खोटाङमा दुवै क्षेत्रको अधिवेशन सकिएसँगै नेताहरु सातौँ जिल्ला अधिवेशनको तयारीमा जुटेका छन् । जिल्ला सभापतिमा चारजना नेताले उम्मेदवारी दिने घोषणा गरेका छन् । पूर्वराज्यमन्त्री सर्वद्धन राई, पूर्वसभापति विष्णुकुमार राई, महासमिति सदस्य रविप्रकाश राई र महाधिवेशन प्रतिनिधि भूपेन्द्रकुमार राई सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …