तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

डोटी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेताहरुको म मात्रै ठूलो भन्ने प्रवृत्तिका कारण कम्युनिष्ट एकता लामो समयसम्म टिक्न नसकेको आरोप लगाउनुभयो । जोरायल गाउँपालिका–२ बुडरमा नेकपा (माओवादी केन्द्र) को प्रथम वडा सम्मेलनको आज उद्घाटन कार्यक्रममा पार्टीका सह–इन्चार्जसमेत रहनुभएका उहाँले जनताले कम्युनिष्ट एकता कायम गर्न चाहेको भए पनि पार्टीका केही नेताका कारण कम्युनिष्ट एकता कायम हुन नसकेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “देशमा सबै कम्युनिष्ट एक हुनुपर्ने जनभावना भए पनि केही ठूला नेताले आफू मात्रै ठूलो र अरू सबै साना देख्ने प्रवृत्तिका कारण कम्युनिष्ट एक हुन सकेनन्, जसको उदाहरण नेकपा एकता कायम नहुनु हो ।”

माओवादी विसं २०६४ मा देशकै ठूलो पार्टी भए पनि जनभावनाअनुसार काम गर्न नसक्दा तेस्रो दलमा झरेको स्मरण गर्दै उहाँले अब पुनः नेकपा माओवादी २०६४ सालको जस्तै देशमै सबै पार्टीभन्दा ठूलो दल हुनेसमेत जिकिर गर्नुभयो । “हामीले अहिले जनभावनाअनुसार सबै क्षेत्रमा काम गरेका छौँ”, उहाँले भन्नुभयो, “अब माओवादी २०६४ सालको जस्तै देशको ठूलो पार्टी बन्न कसैले रोक्न सक्दैन ।”

देशमा आमूल परिर्वत ल्याउन ठूलो योगदान दिएकाले नागरिकले पनि माओवादीलाई पुनः ठूलो दल बनाउन साथ दिने उहाँको विश्वास थियो । माओवादी नेतृत्वको सरकारले सुदूरपश्चिम क्षेत्रमा नागरिकले देख्ने गरी विकास गरेकाले पछिल्लो सयम नागरिक माओवादीप्रति आकर्षित हुन थालेको मुख्यमन्त्री भट्टले बताउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …