तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

डा. केदार कार्की

काठमाडौँ। हाम्रो आफ्नो देशको परिवेशमा ग्रामीणक्षेत्रका कृषकको लागि पशुपालन जिबीकोपार्जन एवम् आर्थिक श्रोतको आधार मानिन्छ ।

पशुपालनबाट हुने आम्दानी, साना तथा मझ्यौला कृषकका लागि जनु परिवारको आवश्यकता एवमु अन्य कृषिकार्यका लागि जरुरी पूँजी प्रदान गर्दछ जसले गर्दछन् तिनीहरु ऋणको चङ्गुलबाट मुक्त हुन्छन् । त्यसैले पशुपालन कृषकहरुको जीवनस्तर सुधार्न एउटा प्रमुख साधन हुन सक्दछ । यिदि नयाँ तथा पुरानो वैज्ञानिक विधिहरुको समुचित मिश्रणले पशुपालन गरियो भने पशुपालन एवम् सम्बन्धित व्यवसायी यस व्यवसायबाट अधिक एवम् नियमित मुनाफा कमाउन सक्दछ ।

हाम्रो देशको ग्रामीण परिवेशमा यस्ता कैयौं पशुपालन सम्बन्धित परम्परागत ज्ञानहरु छन् जुन सदियौंदेखि जनावरहरुलाई स्वस्थ्य एवम् उत्पादक बनाइ राख्न मद्दत गर्दछन् । यी परम्परागत ज्ञान कुनै खास भौगोलिक वातावरणमा त्यहाँका स्थानीय समुदायहरु उपयोग प्रयोग गरी प्रचलनमा ल्याइने गरिन्छ ।

तर आजभोली यीनको उपयोग औषधि एवम् पशु खाद्य आहार उत्पादन गर्ने कम्पनीहरुले पनि गर्न थालेका छन् किनकी यी कम लागतमा विना दुष्प्रभाव रहित एवम् सजिलै उपलब्ध हुन सक्ने बोटबिरुवाबाट बनेका लाभदायक उत्पाद हुन्छन् यस आलेखमा यो स्तम्भकार मात्र तिनै प्राकृतिक पदार्थहरु या पारम्परिक पदार्थहरुबारे चचौ परिचर्चा गर्नेछ जसको प्रचलन अदिवासी एवम् स्थानीय समुदय एवम् औषधि निर्माता कम्पनीहरुले गर्दछन् एवम् जसको वैज्ञानिक प्रमाणिकरण गरिएको छ ।

तर पनि यी यस्ता उत्पादनहरु प्रयोग गर्नुभन्दा पहिले स्थानीयपशु चिकित्सकसँग सल्लाह भने अनिवार्यरुपमा लिनुपर्ने हुन्छ ।
(क) गैलैकटोगाग (दुध बढाउने पदार्थ) कम लागतमा ज्यादा दुध उत्पादन केही अर्थशास्त्र एवम् कृषकको मुनाफाका लागि मुख्य आवश्यकता मानिन्छ । गैलोकटोगाग यस्ता पदार्थ मानिन्छ जसको प्रयोग पशुहरु एवम् मानिसहरुको दुध बढाउन तथा धेरै समयसम्म प्राप्त गर्न गरिन्छ ।

सतावर÷सतावली, सतमुलको जरा, मेथीको दाना, टारबैगम मिल्क, भीसलकोदाता एवम् पात चेस्टवेरी फल, अल्फा अल्फाका पातहरु इत्यादि केही यस्ता केही जडीबुटिजन्य बोटविरुवाहरु हुन जुन दुध बढाउनका लागि प्रयोग गरिदै आउका छन् । आजभोली धेरैजसो पशु औषधि उत्पादक कम्पनीहरुले आफ्नो यस्ता धेरैखाले एवम् पोषणपुरक बनाउँदछन् जुन यीनै तथा अन्य बोटबिरुवाका भागहरुबाट बनेका हुन्छन् । हाल हाम्रा पशुपंक्षिका औषधि पसलमा निम्न नामबाट उपलब्ध हुनेगरेका छन् ः मिल्क प्लस ३० ग्राम÷दिन÷जनावर, गैलेकटिन भेट बोलस ०.५ चक्की÷दिन÷जनावर, रुचामैक्स ३० ग्राम÷दिन÷जानावर, मिल्केम्याक्स १ केक÷दिन÷जनावर, पायाप्लो ५ चक्की÷दिन÷जनावर यस्ता केही उदाहरणहरु छन् जुन गाइ एवम् भैसीमा यदि समुचित राशनका साथ दिइयो भने दुधको उत्पाकता ३० प्रतिशतसम्म बढाउन सकिन्छ ।

ग्रोथ प्रोमोटर (शारीरिक विकास वद्र्धक) ः
सामान्य एन्टिवायोटिकलाई कुखुरापालन एवम् अन्य मासु उत्पादन हुने पशुहरुमा बढी मासु उत्पादनहोस् भन्नका लागि ग्रोथ प्रोमोटरको रुपमा प्रयोग गर्ने गरिन्छ । जसले प्रयोग गराइएका पशुपंक्षिहरुको पाचन तत्व एवम् प्रतिरक्षा प्रणालीको क्षमता बढाएर ज्यादा मासु उत्पादन गर्न मद्दत गर्दछ तर यस्ता कैयौं विधिबाट उत्पादित मासु मानिसको शरीरमा प्रतिजैविक सहनशीलता जस्ता प्रतिकुल प्रभाव पार्ने जोखिम त रहन्छ नै यी औषधिहरु महँगा पनि हुन्छन् । हाम्रो आफ्नो परिवेशमा सदियौदेखिा जडिबुटिहरुको प्रयोग मानिस एवम् पशुहरुमा ज्यादा प्रतिरोधक एवम् ज्यादा उतपादकता एवम् कार्यक्षमताका लागि गरिदे आएका छन् ।

उदाहरणका लागि यदि हामीले पशुपंक्षिको दानामा ०.१प्रशितका दरले संजीवनको पात वा यसको धूलो मिसायौं भने यसले जीवाणु एवम् ढुसी विरोधीको रुपमा काम गर्नेछ । यसबाहेक यो भिटामिन ए.बी.सी., राइबोफलेविन, क्याल्सियम, आइरन, अल्फाटोकोफेराल, भिटामिन इको पनि राम्रो श्रोत मानिन्छ । यसै गरी यदि मेथी, लसुन, अदुवाको पनि प्रयोग कुखुरापालनमा ग्रोथ प्रोमोटरका रुपमा गरिन्छ । धेरैजसो औषधि कम्पनीहरुले यस्ता जडिबुटियुक्त उत्पादन बढाउने गर्दछन् जुन हाम्रा बजारमा सर्वसुलभ उपलब्ध छन् ।

कुखुरापालनका लागि जिङ्गबीर राशनमा ०.३५ प्रतिशतका दरले दमडियाफोर्ट १ केजी प्रतिटन रासनमा, रुचामैकस ५ ग्राम प्रतिदिन पाडा÷बाच्छालाई, पकिरीफिट १ चक्की प्रतिदिन पाडा÷बाच्छीका दरले ग्रोथ प्रोमोटरका रुपमा प्रयोग गरिन्छ । यसैगरी करियत कालमेघ, मकोपा÷मकोइचाल मेथी, हरफासेका गेडा एवम् पुनवासवा सथीको मिश्रण पनि प्रयोग गर्न सकिन्छ । यसैगरी निसिन्दाको पात, कालो मरिच एवम् दालचिनीको मिश्रण ३ लिटर पानीमा १०० ग्राम मिसाएर १०० एम.एल. का दरले ग्रोथ प्रोमोटरको रुपमा प्रयोग गर्न सकिन्छ ।

परजीवीरोधी ः
जनावरहरुको शरीर बाहिर एवमे भित्र यस्ता परजीवीहरु पाइन्छ जसले तिनको स्वास्थ्इमा एक एत्पादन क्षमतामा प्रतिकूल असर पार्दछन् जसले गर्दा तिनको आम्दानी प्रभावित हुने गर्दछ । केही परजीवी जस्तै नाम्लेको संक्रमण गाई भैंसीहरुमा धेरै क्षति गराउँछ । यीनको उपचारमा प्रयोग गरिने एलोपैथिक औषधिहरु महँगो हुने गर्दछ । यी औषधिहरुको पशुजन्य उत्पादनमा पाइने अवशेषका कराण मानव स्वास्थ्इमा प्रतिकुल असर पार्ने गर्दछ । हाम्रो पारम्परिक औषधि आयुर्वेदिक ज्ञानमा यस्ता कैयौं जडिबुटी पाइन्छ जसले यस परजीवी संक्रमणलाई कम गर्दछ । कसिनी कइ÷मदुकथनकईको पातहरुले यस परजीवीको संक्रमणलाई रोक्दछ जसलेगर्दा पशु स्वस्थ्य रहन्छ । त्यसै गरी सैफेनिन एकासियाकारो÷किकर÷मोरपति÷देव बबुलको पात, शाह बलुतको फल, ब्रुमको पात, किवांच÷कोचको रेशाको प्रयोग आन्द्राका परजीवीवको संक्रमण रोक्नका लागि प्रयोग गर्न सकिन्छ । साउदरको उडको हाँगाको पाउडर १० देखि २० ग्राम, निमको तेल वा बिऊ, फर्सीको बीउ ६० ग्राम तीनपटक तेलम मिसाएर कमाला विरुवाको पाउडर गरिएको फल बर्कासकोपातको प्रयोग पनि अनय परजीवी विरुद्ध गर्न सकिन्छ । करौंजी तथा कालो जीराको बीउ पनि परजीवी रोधक मानिन्छ जसको प्रयोग मोजेजीया एवम् फित्ते जुका विरुद्ध गर्न सकिन्छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …