तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

रुपन्देही। बुटवलको राजमार्ग चौराह–गोलपार्क सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीले सरकारको ध्यानाकर्षण गराएको छ ।

नगर कमिटीले डिभिजन सडक कार्यालयमार्फत व्यापारिक मार्ग विस्तार परियोजना कार्यालय, सम्बन्धित मन्त्रालय, निर्माण कम्पनी र सरकारको ध्यानाकर्षण गराएको हो । नगर कमिटीले गोलपार्कदेखि बेलहिया नाकासम्मको व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत बाँकी खण्डको काम सम्पन्न भए पनि राजमार्ग चौराहाबाट गोलपार्कसम्मको सडकखण्ड वर्षौँसम्म निर्माण नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय र पर्यटन प्रवद्र्धनमा अवरोध सिर्जना भएको जनाएको छ ।

“ढिलासुस्तीले पर्यावरण र वातावरणमा क्षति पुगेको छ, पर्यटकलाई समेत समस्या भएको छ”, सडक कार्यालयका प्रमुख जयलाल मरासिनीलाई बुझाइएको विज्ञप्तिमा भनिएको छ । धुवाँधुलोले बुटवल धुलाम्य हुँदा नागरिकको स्वास्थ्यमा असर पुगेको विज्ञप्तिमा उल्लेख छ । ध्यानाकर्षणपत्र बुझाउँदै नगर कमिटी अध्यक्ष किसन ज्ञवालीले नागरिकको जीवनसँगै बुटवलको गौरव र सुन्दरतासँग गरिएको खेलवाडले पीडावोध गराएको बताउनुभयो ।

“चार–पाँच वर्षसम्म सडक क्षेत्राधिकारभित्रका संरचना हटाउने र सडक क्षेत्राधिकार कायम गरिसकेपछि फेरि यो वा त्यो बहानामा यसको निर्माणमा किन ढिलाइ गरिएको छ ? बारम्बार निर्माण व्यवसायीको म्याद थप्दै जाने र निर्माण व्यवसायीले भने काम नगर्ने अवस्था कहिलेसम्म ?” उहाँले प्रश्न गर्नुभयो । एमालेका नेता गोपाल रानाले सडकमा परेका खाल्डाखुल्डीलाई पुर्ने, सडकको रिसोलिङ गर्नेे र नियमित राजमार्ग सरसफाइ गर्ने काम तत्काल अगाडि बढाउन माग गर्नुभयो ।

ध्यानाकर्षणपत्र बुझ्दै डिभिजन प्रमुख मरासिनीले सडक निर्माणका क्रममा केही स्थानीयवासी अदालत गएपछि अवरोध सिर्जना भएको बताउनुभयो । निर्माण कम्पनीका कारण काममा ढिलाइ भएको उहाँको भनाइ छ । काम अघि नबढाए निर्माण कम्पनीको बजेट रोक्का गर्ने उहाँले बताउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …