तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ : ओलीले माओवादी सशस्त्र विद्रोहका क्रममा १७ हजारको मृत्यु हुँदासम्म पनि त्यसका नेता पुष्पकमल दाहाल बाँचेको बताए । उनले भने, ‘प्रचण्ड बाँचे, १७ हजार मरे । बाबुराम बाँचे, बाबुरामका छोराछोरी त बेलायत पढ्थे ।’

बाबुराम भट्टराई भूमिगत हुँदा पनि उनका छोराछोरी बेलायत कसरी पढेका थिए ? भनेर ओलीले प्रश्न गरेका छन् ।

‘हामी बेलायत जान भिसा पाउँदैनथ्यौं । बाबुरामका छोराछोरीले भिसा पाउँथे । के जादु होला त्यसमा ? एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाउँ त चाहिन्छ, नागरिकता चाहिन्छ, नागरिकता पाउन, पासपोर्ट पाउन । कुन पासपोर्टबाट जानुभएको ? कहाँ भिसा लाग्यो ? बाबुरामजी बताउनुस् त ?,’ ओलीले थप प्रश्न गरे, ‘बेलायतमा २, ४, ५ लाख खर्च हुन्छ महिनाको । कहाँ कमाउनुभएको थियो भूमिगत हिँड्दाखेरि ?’

माओवादी नेताहरू भूमिगत हुँदा युरोप घुमेको ओलीको दाबी थियो । उनले आफूहरूको प्रहरी रेकर्ड खराब भएको भनेर पासपोर्ट नपाएको बेला विद्रोही नेता भने युरोप घुमेको बताए । ‘पुलिसको रिपोर्टले दिँदैनन्थ्यो । मैले २०४८ सालमा सांसद भएपछि पासपोर्ट बनाएको । हाम्रो पुलिस रेकर्ड खराब, प्रचण्ड-बाबुरामको पुलिस रेकर्ड खराब थिएन ?’

अदालत आफूविरुद्ध प्रयोग भयो: ओली

त्यसैक्रममा, पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अदालत आफूविरुद्ध प्रयोग भएको बताएका छन् । उनले सेना र प्रहरी प्रयोग गर्न नसकिएपछि अदालत प्रयोग भएको आरोप लगाए ।

काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा उनले भने, ‘हामी सरकारमा हुँदा पनि अदालत हाम्रै विरुद्ध प्रयोग भयो । सेना पुलिस प्रयोग हुन पाएन । अदालत प्रयोग गर्दै पुग्ने भएकाले प्रधानमन्त्री छुट्टी र अर्को प्रधानमन्त्री चयन गरियो ।’

ओलीले त्यसरी राज्यसत्ताको गलत प्रयोग भएको भनाइ राखेका थिए । उनले धर्म, संस्कृति, कानुन र नियम बनाएर त्यसरी प्रयोग गरिएको भनाइ राखे ।

सत्तारुढ गठबन्धनलाई लोकतन्त्रविरोधी भएको भन्दै ओलीले आक्रोश पोखेका छन् । उनले भने, ‘पाँच दलीय गठबन्धन लोकतन्त्रका भक्षक हुन्, लोकतन्त्र भक्षी हुन् । यिनीहरूलाई सत्ता चाहिएको छ देश होइन ।’

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …