तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । मुगु बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको जानकारी दिनुभयो । यसअघि २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

त्यस्तै दुर्घटनामा परी घाइतेमध्ये १५ जनालाई नेपाली सेना र समिट एयरको हेलिकोप्टरबाट नेपालगञ्ज पठाइएको उहाँले बताउनुभयो । साथै एक जनाको मुगु अस्पतालमै उपचार भइरहेको छ ।

अन्तिम शव खोजी कार्य भइरहेको समेत उहाँले बताउनुभयो । मंगलबार दिउँसो नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ पिना तपनेखोलामा दुर्घटना भएको हो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …