तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मस्को। रुसमा कोरोनाभाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८९५ जनाको मृत्यु भएको छ ।

यो सङ्ख्या रुसमा कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै अहिलेसम्मकै सबैभन्दा धेरै भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

उनीहरूका अनुसार रुसमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कूल सङ्ख्या दुई लाख ११ हजार ६९६ पुगेको छ ।

त्यसैगरी पछिल्लो एक दिनमा २५ हजार ११० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै कूल सङ्क्रमितहरूको सङ्ख्या ७६ लाख ३७ हजार ४२७ पुगेको छ ।

अधिकारीहरूका अनुसार रुसमा अहिलेसम्म भाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरूको सङ्ख्या ६७ लाख ५९ हजार ५९ रहेको छ । तीमध्ये १८ हजार ५६८ जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन् ।

रुसमा अहिले पनि दैनिक नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या कम भएको छ । त्यसैले सक्रिय सङ्क्रमितहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

नयाँ सङ्क्रमितहरूको सङ्ख्या केन्द्रीय राजधानी मस्कोमा बढेको पनि अधिकारीहरूले जनाएका छन् ।

सङ्क्रमित र मृतकहरूको सङ्ख्या बढ्दै गएपछि रुसमा फेरी कोरोनाभाइरसको महामारीले पार्ने चिन्ता थपिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …