तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। सरकारलाई पूर्णता दिन सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको मङ्गलबार साँझ बसेको बैठकमा परराष्ट्रमन्त्री नियुक्त गर्ने विषयमा सहमति जुटेको सँगै प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्री नियुक्तिका लागि पार्टीबाट नाम सिफारिस गर्न बुधबार पदाधिकारी बैठक बोलाउनुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाली काँग्रेसबाट परराष्ट्रमन्त्री नियुक्त गर्न सहमति जुटेसंगै देउवाले पदाधिकारी बैठक बोलाउनुभएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो । 

परराष्ट्रमन्त्रीका लागि काँग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. नारायण खड्का, नेतृ सुजाता कोइरालाको नाम चर्चामा छ । सम्भवतः बुधबार मन्त्रीको नाम सिफारिस गरी पद तथा गोपनीयताको सपथग्रहण हुनेछ । 

नेपालको कुटनीतिक सम्वन्ध विस्तार तथा मित्रराष्ट्र देशसँगको सम्वन्ध मजवुत पार्न परराष्ट्रमन्त्री नियुक्त गर्ने विषयमा शीर्षनेताहरु सहमत देखिनु भएको हो । 

सरकारले मङ्गलबार नै तत्कालीन नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीति नियुक्त पाएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । 

बैठकमा काँगे्रस सभापति एवं प्रधानमन्त्री देउवा, महामन्त्री खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, परिषद् संयोजक डा. बाबुराम भट्टराई र नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल लगायत सहभागी हुनुहुन्थ्यो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …