तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मुलुकको अर्थतन्त्रको उन्नयनमा टेवा पु¥याइरहेका उद्योग–व्यवसायको समूचित प्रबन्ध हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाल एलपी ग्यास उद्योग संघको २६ औँ वार्षिक साधारणसभाको बुधवार उद्घाटन गर्दै उहाँले देशको अर्थतन्त्रको विकासमा केही हदसम्म भए पनि योगदान गरेको ग्यास उद्योगलाई प्रवद्र्धन गरिने बताउनुभयो ।

आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन वर्तमान सरकारको उच्च प्राथमिकताको विषय भएकाले ग्यास उद्योग मात्र नभई देशका सम्पूर्ण उद्योगको ध्यान त्यसतर्फ केन्द्रित हुन आवश्यक छ”, उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न उद्यमी–व्यवसायीहरूलाई आह्वान गर्दै गृहमन्त्रीले भन्नुभयो ।

उहाँले ग्यासमा मात्र नभई बिजुली र सौर्य ऊर्जा प्रवद्र्धनमा पनि लगानी गर्न ग्यास उद्योगीलाई आग्रह गर्नुभयो । स्वच्छ ऊर्जामा गरिने लगानीले दीगो प्रतिफल प्रदान गर्ने तर्क गर्दै उहाँले राष्ट्रिय उत्पादकत्व वृद्धिबाटै समृद्धि तर्फको नेपालको यात्रा सहज हुने विचार व्यक्त गर्नुभयो ।

उहाँले नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीलाई गत आवमा उत्कृष्ट कार्यसम्पादन गरेबापत सम्मान गर्नुभयो । सङ्घले नेपाल सरकारको निर्णयबमोजिम सर्वोत्कृष्ट ठहरिनुभएका पुडासैनीलाई सम्मान गरिएको प्रष्टीकरण दिएको छ ।

उद्योग मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले औद्योगिक सुरक्षा, उद्योग धन्दाको विकास र उपभोक्ता हित प्रवद्र्धन सरकारको चाहना भएकाले देशका राष्ट्रियहित र आर्थिक विकासमा सघाउने कर्तव्यबाट उद्योग क्षेत्र विमुख हुनु हुँदैन भन्नुभयो ।

राष्ट्रिय उद्योगहरूको संरक्षण गर्न सरकार सधैँ क्रियाशील रहेको बताउँदै उहाँले उद्यमी–व्यवसायीका समस्या समाधानका निम्ति उनीहरूसँग सहकार्य गर्न तयार रहेको दोहो¥याउनुभयो ।

सङ्घका अध्यक्ष गोकुल भण्डारीले अर्बौको लगानी भएको ग्यास उद्योगलाई सरकारी संरक्षण र प्रवद्र्धन अपरिहार्य भएको बताउँदै त्यस निम्ति नेपाल आयल निगमलगायत संस्थाको साथ र सहयोगको अपेक्षा सङ्घले गरेको बताउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …