तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

माग्दी। यहाँका सामुदायिक विद्यालयले करिब पाँच महिनापछि विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरु गरेका छन् । कोरोना जोखिमकाबीच सदरमुकाम बेनी बजारबाहेक ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयले स्वास्थ्यमापदण्ड अपनाएर पठनपाठन सञ्चालन गरेका हुन् ।

 सरकारले अघि सारेको ‘स्मार्ट लकडाउन’को अवधारणा अनुसार सामुदायिक विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गरेको जनाएका छन् । ग्रामीण विद्यालयमा अनलाइन कक्षा प्रभावकारी नभएपछि निषेधाज्ञा र समुदाय सिल गर्ने ‘स्मार्ट लकडाउन’ अवधारणाको अभ्यास गरेर विद्यालय सञ्चालन भएको हो । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरण शर्मा पौडेलले कोरोना सङ्क्रमणको जोखिम र प्रभावको आधारमा विद्यालय सञ्चालन गरिएको बताउनुभयो । 

कार्यपालिकाको निर्णयअनुसार १० वटा माविसमेत सबै ३७ वटै विद्यालय खुल्ला गरी भौतिक रूपमा विद्यार्थी बोलाएर अध्ययन÷अध्यापन सुरु भएकोमा कोरोना देखिएपछि तीन विद्यालय बन्द छन् । ग्रामीण क्षेत्रका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून छ । मावि तहका विद्यालयमा १५० जनाको हाराहारीमा विद्यार्थी छन् ।

एउटा कक्षाकोठामा २०–२५ जना बढी विद्यार्थी नभएकाले कोरोना भाइरसको सक्रिय सङ्क्रमण नभएको क्षेत्रमा विद्यालय खोल्न उपयुक्त हुने अभिभावकको तर्क छ । न्यून विद्यार्थी भएको, पातलोबस्ती भएका स्थानका विद्यालय पूरै खुला गरे पनि गाउँपालिका केन्द्र रहेका र अलि बढी विद्यार्थीको चाप भएका विद्यालयले भने विद्यार्थीको जोरविबोर रोल नम्बरको आधारमा कक्षा सञ्चालन गरेका छन् । 

केही विद्यालयले भीड हुने जनाउँदै बार अनुसार कक्षा चलाएका छन । शिक्षक, विद्यार्थी र समुदायमा सङ्क्रमण देखिए बन्द गर्ने र स्वास्थ्यमापदण्डको पूर्ण पालना गराई भौतिक रूपमै विद्यार्थी राखेर पढाइ सुरु गर्न निर्देशन दिएको मङ्गला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । 

“विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून छ । समुदायमा कोरोना सङ्क्रमण पनि नभएपछि पढाइ किन बन्द गर्ने ?,” उहाँले भन्नुभयो,“जोखिमको आकलन गरी व्यवस्थापन समितिले स्कुल खुलाउने भनेका हौं ।’’ सदरमुकाम बेनीका विद्यालयमा सञ्चालन गरिएको अनलाइन कक्षा प्रभावकारी देखिएको छैन ।

गत वैशाख २२ गतेदेखि निषेधाज्ञा भएपछि गाउँका घरफर्केका विद्यार्थी पुनः विद्यालयको सम्पर्कमा आएका छैनन् । केही अभिभावकको बुझाइमा अनलाइन कक्षा शुल्क उठाउने माध्यममात्र भएको छ । तर केही निजी विद्यालयले भने अनौपचारिक पोशाकका विद्यार्थी बोलाएर पढाउन थालेका छन् । 

‘‘हामीले भर्चुअलबाट अनलाइन पढाइ गरेका छौं । तर अनलाइन कक्षा भौतिक कक्षाको तुलनामा कम प्रभावकारी देखिएको छ । हाम्रो विद्यालयमा बहुसमुदायबाट विद्यार्थी आउने भएकोले तत्काल भौतिक रूपमा खुल्ने अवस्था छैन,’’ सदरमुकामस्थित प्रकाश माविका प्रअ हरिकृष्ण सुवेदीले भन्नुभयो,‘‘अनलाइन कक्षालाई सकेसम्म प्रभावकारी बनाउने प्रयासमा छौं ।रासस                                                                                  

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …