तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

दाङ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले क्रियाशील सदस्यतासम्बन्धी विवाद अन्त्य भएसँगै पार्टीको १४औँ महाधिवेशन निर्धारित मितिमै हुने अब निश्चित भएको बताउनुभएको छ ।

सक्रिय सदस्यतासम्बन्धी विवादका कारण कांग्रेसको महाधिवेशन हुनेमा आशङ्का गरिएको भए पनि अब त्यो आशङ्काको अन्त्य भइसकेको उहाँको भनाइ थियो ।

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेकी आमा यवादेवी शर्मा घिमिरेको स्मृतिमा आज आयोजित श्रद्धाञ्जलिसभामा डा महतले पार्टीको महाधिवेशनको तयारीमा लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले शुक्रबार शीर्षनेताबीच भएको छलफलले कांग्रेसको महाधिवेशन निर्धारित मितिमै हुने सुनिश्चित गरिसकेको जानकारी दिनुभयो । डा महतले अघिल्लो ओली सरकारले निर्वाचनका बेलामा नेपाली जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न नसकेका कारण नेपाली जनताको इच्छाबमोजिम नै यो सरकार आएको स्पष्ट गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपाली जनताले पाँच वर्षका लागि निर्वाचित गरेर पठाएको कम्युनिष्ट सरकार आफँै सत्ताको तानातानमा लागेको र जनअपेक्षाअनुसार काम गर्न नसकेपछि नेपाली नागरिकको चाहनाबमोजिम नै यो सरकार आएको हो ।”

मुलुक निकै कठिन परिस्थितिमा रहेका बेला वर्तमान सरकार निर्माण भएकाले यो सरकारप्रतिका जनताका अपेक्षा धेरै रहेको भन्दै यी अपेक्षालाई सम्बोधन गर्ने गरी सरकारले संयमित भएर काम गर्ने उहाँले बताउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …