तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । अफगानिस्तानमा तालिबानले सत्ता कब्जापछि ५ सय ८ जना नेपालीको उद्धार भएको छ । विदेशी कम्पनी र दूतावासको सहयोगमा उनीहरू नेपाल आइपुगेका हुन् ।

सबैजसो नेपाली नेपाल सरकारको समन्वयमा भन्दा पनि काम गरेको मुलुकको दूतावास र कम्पनीको सहयोगमा नेपाल आएका हुन् । उद्धार भएकाहरूलाई सामाखुसीस्थित होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको पनि जनाइएको छ । शनिबार टर्किस एयर तथा जजिरा एयरको नियमित उडानबाट क्रमशः २६ जना र नौ जना गरी जम्मा ३५ जना स्वदेश फर्किएका छन् ।

यता परराष्ट्र मन्त्रालयले भने उद्धारको पर्खाइमा रहेका नेपालीलाई ल्याउन पहल भइरहेको बताएको छ । परराष्ट्र मन्त्रालयले ६ दिनदेखि विभिन्न मित्र राष्ट्र र विदेशी नियोगसँग समन्वय गरेको जनाएको छ ।

अफगानिस्तानमा कति नेपाली उद्धारको पर्खाइमा छन् भन्ने पूरै विवरण अझै आइसकेको छैन । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागका अनुसार आइतबार साँझसम्म ३ सय ५६ जना नेपालीहरूले उद्धारका लागि आफ्नो विवरण दर्ता गराएका छन् । ती नेपालीको उद्धार कसरी गर्ने भन्ने विषयमा परराष्ट्र मन्त्रालयले अझै पहल थाल्न सकेको छैन ।

परराष्ट्र मन्त्रालयका अनुसार उद्धारका लागि सूचीकृत भएका मध्ये नाम र राहदानी नम्बर दोहोरिएको, एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको र उद्धार भई सुरक्षित गन्तव्यसम्म पुगेकाहरूको विवरण रुजु गर्ने काम भइरहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रोजगारीको सिलसिलामा रहेका नेपालीहरूको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्यहरू अगाडि बढाइरहेको बताएको छ । आइतबार परराष्ट्र मन्त्रालयले मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित अन्तर निकाय कार्यदलको बैठक राखेर उद्धारको पहल गर्ने भनेको छ । उद्धार गर्न बाँकी नेपाली नागरिकको अवस्था, मित्र राष्ट्रहरूसँगको समन्वय गर्ने जनाएको छ । परराष्ट्रले हाल उद्धार उडान गरेका राष्ट्रहरूसँग समन्वय र सहकार्य गर्ने भनेको छ ।राजधानी दैनिकमा  खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …