तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कास्की। पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट (बत्ती) राखिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशालामा रात्रिकालिन प्रतियोगिता सञ्चालनका लागि ‘फ्लड लाइट’ अनिवार्य रहेकाले राष्ट्रिय खेलकुद परिषद्ले यस वर्ष रु पाँच करोड बजेट विनियोजन गरेर काम सुरु गर्ने भएको हो ।

रङ्गशालाको काम तीन वर्षअघिदेखि सुरु भएकामा हाल अन्तिम चरणमा पुगेको छ । रु एक अर्ब २८ करोड लागतमा निर्माण सुरु भइरहेको रङ्गशालामा सुरुआतमा ‘फ्लड लाइट’ र ‘स्कोर बोर्ड’ राख्ने योजना थिएन । अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिताका लागि रङ्गशालामा लाइट अनिवार्य छ । पोखराका खेलकर्मीले सुविधासम्पन्न फुटबल रङ्गशालामा बत्ती राख्ने व्यवस्था गर्न पटक पटक राखेपको ध्यानाकर्षण गराएका थिए ।

क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण नाथ योगीले रु पाँच करोड बजेट विनियोजन भएकाले यसै वर्ष बोलपत्र आह्वान भएर ‘फ्लड लाइट’ जडानको काम सुरु हुने बताउनुभयो । रङ्गशालाको चारै कुनामा बत्ती राखिने छ । उहाँले भन्नुभयो, “फिफाको नियमानुसार अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि लाइट अनिवार्य छ, यस वर्ष सोका लागि राखेपको रातो किताबमा बजेट विनियोजन भएर आएको छ, यसै वर्ष काम हुन्छ ।”

जिल्ला फुटबल सङ्घका अध्यक्ष मिलन गुरुङले ‘फ्लड लाइट’ जडानसँगै पोखरा रङ्गशालामा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताका लागि ढोका खुल्ने बताउनुभयो । साँझ तथा रातिका खेलका लागि बत्ती अनिवार्य रहेको र सो नहुँदासम्म फिफाले स्वीकृति प्रदान नगर्ने भएकाले दु्रतगतिमा काम हुनुपर्ने उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “फ्लड लाइट’ भएपछि रङ्गशालामा धेरै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र अन्य प्रतियोगिता गर्न बाटो खुल्नेछ ।” अन्तर्राष्ट्रिय फुटबल रङ्गशालाको हालसम्म ९० प्रतिशत काम सकिएको छ । सोह« हजार ५०० दर्शक क्षमताको प्यारापिट तयारी अवस्थामा छ ।

यसैगरी अति विशिष्ट कक्षको प्यारापिटमा छानो छाउने काम सकिएको निर्माण कम्पनी भारतीय ग्रेट स्पोर्टस् एण्ड एमएम कन्स्ट्रक्सनका इञ्जिनियर पुरुषोत्तम बरालले बताउनुभयो । रङ्गशालामा अहिले खेलाडी बस्ने कक्ष(प्लेयर बक्स),चेञ्जिङ रुम र प्रि इञ्जिनियरिङ भवनको फिनिसिङ तथा रङरोगनको काम भइरहेको छ । इञ्जिनियर बरालले भन्नुभयो, “आगामी अक्टोबरभित्रमा फुटबल रङ्गशालाको सम्झौताअनुसारको सबै काम सम्पन्न गरेर हस्तान्तरणको तयारीमा छौँ ।”

पोखरामा चार दशकअघि निर्माण गरिएको फुटबल रङ्गशालाको प्यारापिट विसं २०७२ को भूकम्पले क्षति पुगेपछि नयाँ निर्माण सुरु गरिएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …