तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। कोरोना भाइरस बिरुद्धको खोप पूर्ण मात्रामा लगाइसकेपछि सङ्क्रमण नै हुँदैन भन्ने बुझाइ गलत भएको जनस्वास्थ्यविद्‌ तथा सङ्क्रामक रोग विशेषज्ञहरू बताउँछन्।

खोप पूर्ण मात्रामा लगाइसकेपछि सङ्क्रमण र मृत्युदर घटाउने विषय कुन खोप लगाइयो भन्ने कुरामा पनि फरक पर्ने सङ्क्रामक रोग विशेषज्ञ डा. अनूप सुवेदी बताउँछन्।

नेपालमा प्रयोग भइरहेको अक्सफर्ड-आस्ट्राजेनेका खोपले डेल्टा भेरिअन्टको हकमा पनि सिकिस्त हुने, आईसीयूमा भर्ना हुने दर ९० प्रतिशतको हाराहारीमा घटाएको र मृत्यु हुने दर झन्डै ९५ प्रतिशतले घटाएका तथ्याङ्क छन्।

युरोपेली देशहरूमा पनि त्यो खोपको प्रयोग भएकोले तथ्याङ्कहरू पाउन सहज भएको उनको ठम्याइ छ। डेल्टा भेरिअन्टको हकमा भेरो सेलको प्रभावकारितासम्बन्धी तथ्याङ्क उपलब्ध नभए पनि अल्फा भेरिअन्टको हकमा उनी भन्छन्, “त्यसले पनि लक्षणसहितको सामान्य सङ्क्रमण दर ५० प्रतिशतले घटाएको तथ्याङ्क छ।”

डा. सुवेदीका अनुसार खोप लगाएका मानिसमा पनि सामान्य लक्षणसहितको सङ्क्रमण हुने सम्भावना रहन्छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वर्तमान निर्देशक तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल पनि खोप लगाएका मानिसहरू समेत सङ्क्रमित भइरहेको बताउँछन्।

फरक के हो भने खोप नलगाएका मानिसको तुलनामा लगाएका मानिसमा एन्टिबडी अर्थात्‌ रोगप्रतिरोधी क्षमताको विकास भइसकेको हुनाले उनीहरू सङ्क्रमित भए पनि जटिलता देखिने सम्भावना कम रहन्छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …