तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

चितवन । नेचर गाइड एशोसिएशन रत्ननगरले कोरोना सङ्क्रमणविरुद्धको खोप आफूहरुलाई पनि उपलब्ध गराउन माग गरेको छ।

एशोएिशसनले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी सफारी पर्यटन सञ्चालन गर्नका लागि पनि आफूहरुलाई कोरोनाविरुद्धको खोप दिन आवश्यक रहेको जनाएको हो। तीन तहको सरकारसँग चार बुँदे मागसमेत एशोसिएशनले राखेको छ। एशोसिएशनले कोभिड खोप उपलब्ध गराइनुपर्ने, वार्षिक नवीकरण शुल्क मिनाहा गर्नुपर्ने, वन्यजन्तु संरक्षण र वातावरण संरक्षणको काममा नेचर गाइडलाई संलग्न गराई रोजगारीको सिर्जना गर्नुपर्ने, पेशालाई मर्यादित र प्राविधिक बनाउनका लागि कार्यविधि आवश्यक रहेकाले सो निर्माण गरिनुपर्ने माग राखेका छन्।

पर्यटन व्यवसायमा अग्रपङ्तिमा रहेर काम गर्ने गाइडलाई अनिर्वायरूपमा खोपको व्यवस्था गर्न एशोसिएशनले पटक–पटक स्थानीय प्रशासनमार्फत माग गरेको भए पनि सरोकारवालाले सुनुवाइ नगरेको एशोसिएशनका अध्यक्ष राजेन्द्र धामीको गुनासो छ। कोरोनाका कारण नेचर गाइड पेशाबाट पलायन हुन थालेको उनले बताए। पहिलो चरणको कोरोना सङ्क्रमणसँगै २५ जना गाइड विदेश पलायन भएको भन्दै उनले त्यसपछि पनि १०० जनाले मात्र रोजगारी पाएको जानकारी दिए।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …