तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। ​अर्थमन्त्री जनार्दन शर्माले उत्पादन केन्द्रित अर्थतन्त्र निर्माणका लागि गुणात्मक प्रयत्न गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँले शनिबार भर्चुअलरूपमा आयोजना गरेको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले देशभित्र उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नेतिर उद्योगी व्यवसायीले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले त्यसका लागि सामान्य प्रयत्नले नपुग्ने भन्दै मन्त्री शर्माले प्रभावकारी प्रयन्त जरुरी रहेको बताउनुभयो । निर्यातमुखी अर्थतन्त्र निर्माणका लागि उत्पादन वृद्धि गर्नु अपरिहार्य रहेको भन्दै उहाँले यसमा निजी क्षेत्रको सहयोगको आवश्यकता औँल्याउनुभयो । कोभिड– १९ सङ्कटका बेला निजी क्षेत्रले राहत महसुस गर्ने गरी सरकारले पाइला चाल्ने जानकारी गराउँदै उहाँले शुक्रबार सार्वजनिक मौद्रिक नीतिमार्फत केही सम्बोधन गर्ने प्रयास गरिएको बताउनुभयो ।

राष्ट्रलाई आत्मनिर्भर बनाउने अभियानमा लाग्नका लागि निजी क्षेत्रले के कस्तो नीतिगत सुधार चाहन्छ, त्यसका लागि सरकार तयार रहेको मन्त्री शर्माको भनाइ छ । उहाँले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रको दायरामा ल्याउनसमेत निजी क्षेत्रको सहयोग रहने अपेक्षा गर्नुभयो । राष्ट्रिय सम्पत्ति कति हो भन्ने कुरा मूल्याङ्कन गरेर वैदेशिक लगानीको लागिसमेत उपयुक्त वातावरण निर्माण गर्ने र राष्ट्रको समग्र पुँजी निर्माण गर्नतिर लाग्नुपर्नेमा समेत मन्त्री शर्माको जोड छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले सरकारले सार्वजनिक गरेको मौद्रिक नीतिले कोभिडपछिको पुनोरुत्थान तथा साना एवं मझौला उद्यमको विस्तारमा विशेष ध्यान दिएको भन्दै त्यो सकारात्मक भएको टिप्पणी गर्नुभयो । उहाँले सरकारको राहत योजना विकसित मुलुकको जस्तो सिधै नगद दिने खालको नभए पनि सुधारमा सहयोगी रहेको बताउनुभयो ।

उद्योग वाणिज्य महासङ्घले १० वर्षमा १५० अर्ब अमेरिकी डलर बराबरको पुँजी निर्माण हुने अपेक्षाका साथ ‘राष्ट्रिय आर्थिक रुपान्तरण २०३० (नेट २०३०)’ नामक भिजन पेपर तयार पारेको जानकारी दिँदै अध्यक्ष गोल्छाले यसबाट थप २२ लाखलाई औपचारिक रोजगार बनाउने योजना रहेको बताउनुभयो । यो लक्ष्यप्राप्तिका लागि १० प्राथमिकताको क्षेत्र र १०० पहल पहिचान गरेको उहाँले जानकारी दिनुभयो ।

नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले नवगठित सरकारले सम्पूर्ण नागरिकलाई कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराई अर्थतन्त्र जोगाउने सङ्कल्पसहितको नीति लिएकामा आभार व्यक्त गर्नुभयो । उहाँले ‘एक प्यान, एक खोप’ नीति अघि सार्न सरकारसँग माग गर्नुभयो । यसले अर्थतन्त्र जोगाउन मद्दत पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …