तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसी फ्रेन्च क्लब पीएसजीमा आबद्ध भएका छन् । मेसीले मंगलबार पीएसजीसँग २ वर्षका लागि सम्झौता गरेका हुन् । ३४ वर्षीय मेसीका लागि तेस्रो वर्षका लागि पनि मौका दिइने बताइएको छ ।

ला लिगाको आर्थिक मामिलासम्बन्धी नियमका कारण मेसीले केही दिनअघि मात्रै बार्सिलोना छाडेका थिए । ‘पेरिसमा मेरो करियरको नयाँ अध्याय सुरु गर्नका लागि म निकै आतुर छु । क्लब र यसको सपना मेरो महत्वाकांक्षासँग मेल खाने खालका छन्,’ मेसीले सम्झौतापछि भनेका छन् ।

त्यस्तै पीएसजीका अध्यक्ष नासेर अल खेलैफीले मेसीलाई आफ्नो परिवारमा भित्र्याउन पाउँदा निकै खुसी लागेको बताएका छन् ।

१३ वर्षको उमेरमा बार्सिलोनामा आबद्ध भएका उनले ७७८ खेलमा ६७२ गोल गरेका छन् । त्यस्तै उनले ६ पटक बलोन डी ओर अवार्ड पाएका छन् भने क्याटलान क्लबलाई ३५ वटा उपाधि दिलाएका छन् । यो सिजनमा पीएसजीमा आबद्ध हुने चौथो खेलाडी हुन् । यसअघि पीएसजीले नेदरल्यान्ड्सका मिडफिल्डर जर्जिनियो विज्नाल्डम, स्पेनका डिफेन्डर सर्जियो रामोस र इटालीका गोलरक्षक जियानलुइगी डोनारुमालाई भित्र्याइसकेको छ ।

मेसीले ३० नम्बरको जर्सी लगाएर खेल्नेछन् । नेयमार र एम्बाप्पेजस्ता खेलाडी भएको पीएसजीमा मेसी थपिएपछि खेल थप उत्कृष्ट हुने अपेक्षा गरिएको छ । कान्तिपुर दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …