तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

टोकियो । देशको पूर्वी तट नजिकै आइरहेको मिरिना आँधीका कारण टोकियो नजिकैको चिबाबाट हजारौँ मानिसलाई सुरक्षित स्थलमा जान आग्रह गरिएको छ ।

चिबाको सामुद्रिक क्षेत्रबाट झण्डै २९ हजार मानिसहरू सुरक्षित स्थलतर्फ गईसकेका आइतबार जापानको राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

जापानको मौसम विज्ञान विभागलाई उद्धृत गर्दै एनएचके प्रसारकले भनेको छ, “आइतबारको सुरुसम्ममा उष्ण कटिबन्धीय आँधी प्रान्तको दक्षिणपूर्वी भागमा सक्रिय रहनेछ भने यो क्रमश लगभग २५ किलोमिटर प्रति घण्टाका दरले उत्तरपूर्वमा सर्नेछ । 

यस आँधीको मध्य वायुमण्डलीय चाप ९८० ‘हेक्टोपास्कल’ रहेको बताइएको छ । आँधी प्रभावित क्षेत्रमा प्रति घण्टा ८३ किलोमिटर र आँधीको केन्द्र नजिकै १२६ किलोमिटर प्रति घण्टाको अधिकतम चापले हुरी चल्ने पूर्वानुमान मौसमविद्ले गरेका छन् ।

 उनीहरूले आँधीपछि जापानको तटीय क्षेत्रमा मेघ गर्जनसहित बर्षा हुने र यसका कारण पहिरो र बाढी आउन सक्ने चेतावनी दिएका एनएचकेले बताएको छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …