तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित नियालेडाँडालाई पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

कालाबाङ घरेडी पोखरा तमु समाजको आमा समूहद्वारा निर्मित सभाहल शनिबार उद्घाटन गर्दै उहाँले यस क्षेत्रको बृहत विकासमा नियालेडाँडा पनि लाई सँगसँगै अघि बढाउनुपर्ने बताउनुभएको हो । पुम्दी भुम्दीमा विश्व शान्ति स्तुप र हालै निर्मित विशाल महादेवको मूर्ति पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा कालाबाङ घरेडीदेखि थाप्लेडाँडा (उल्लेरी–ढाँवा)सम्मलाई पनि सोहीरूपमा विकास गर्न बृहत योजनाका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

यस क्षेत्रको विकासका लागि छोरेपाटनबाट शान्ति स्तुपा, लुकुन्स्वाँरा, कालाभाङ, काभ्रे र उल्लेरी ढाँवा हुँदै कुभिण्डेसम्मको सडक कालोपत्र गर्न विस्तृत आयोजना प्रतिवेदन तयार गरिएको र यसमा रू ५५ करोडको लागत अनुमान गरिएको जानकारी दिनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …