तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

तनहँु। पहाडकी रानी उपनाउँले परिचित बन्दीपुर–५ स्थित ऐतिहासिक चन्द्रगढीको पुनः निर्माण गरिएको छ । संरक्षणको अभावमा अलपत्र अवस्थामा रहेको उक्त गढीको गाउँपालिकाको सक्रियतामा संरक्षण गरिएको हो ।

बाइसे–चौबिसे राज्यको पालामा रहेको सो गढी लामो समयदेखि भग्नावशेषरुपमा रहेकाले पुनःनिर्माण गरी संरक्षण गर्न लागिएको बन्दीपुर गाउँपालिका कार्यालयले जनाएको छ । बन्दीपुर गाउँपालिकाले रु पाँच लाख बजेट विनियोजन गरी गढीको पुनःनिर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पैदलमार्ग निर्माण कार्य अघि बढाइएको छ । उक्त दरबारमा ढाल, खुँडा र तरबार हराउँदै गएकाले गाउँपालिकाले त्यसको संरक्षण गरी आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ेन विश्वास गरिएको छ ।

चन्द्रकोट गढीको इतिहासको खोजी गरी पर्यटकीयस्थलका रुपमा प्रचारप्रसार गर्ने उद्देश्यले गढीको संरक्षण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो । उक्त गढी पुरातात्विक महत्व बोकेको स्थान भएकाले पुनः निर्माण गरी संरक्षण गरिएको उहाँको भनाइ छ ।

त्यसैगरी बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट सुरु गरी मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करिब चार किलोमिटर दूरीको मिनी ग्रेटवाल पनि पर्यटकको रोजाइ बन्ने गरेको छ । बन्दीपुरले रु एक करोड खर्च गरी चीनको जस्तै झझल्को दिने गरी निर्माण गरेको मिनिग्रेटवालतर्फ पर्यटक आकर्षित हुने गरेका अध्यक्ष थापा बताउनुहुन्छ ।

बन्दीपुरमा ‘मिनीग्रेटवाल’ निर्माणपछि पर्यटकको आगमनमा वृद्धि भएको छ । अहिले बन्दीपुरमा आन्तरिक र बाह्य गरी दैनिक करिब दुई हजारभन्दा बढी पर्यटक आउन थालेका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । बन्दीपुर गाउँपालिका र संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको साझेदारीमा मिनीग्रेटवालको निर्माण प्रक्रिया अघि बढाइएको हो । रु तीन करोड ५० लाखको लागतमा निर्माण प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …