तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । गैरआवासीय नेपाली संघ एनआरएनएको सन  २०२१-२०२३ कार्यकालका लागि एसिया क्षेत्रीय सह संयोजक ( DRC ) पदमा मलेसियाबाट विश्व राईले उम्मेदवारी दिने भएका छन ।

एसिया प्रशान्त क्षेत्रबाट संघको केन्दीय तहमा बलियो प्रतिनिधित्व गर्न मात्र नभई, यस क्षेत्रमा रहेका नेपालीहरुका हितमा काम गर्न, सुरक्षित व्यवस्थित र मर्यादित बैदेशिक रोजगारीको पहल एवं प्रबद्र्धन गनर्, मलेसिया लगायत एसियामा  आपतमा परेका नेपाली श्रमिकका लागि सुरक्षित गृह संचालनमा पहल गर्न, स्वदेश उत्पादन र पर्यटनको प्रबद्र्धन गर्न, कोभिड प्रभावित वा यससम्बन्धी मनोपरामर्श अभियान संचालन गर्न, श्रमिकहरुबीचमा उद्यमशीलताको विकास र प्रबद्र्धन गर्न साथै संघको एसिया क्षेत्रीय सम्पर्क कार्यालय स्थापना लगायतको सबैभन्दा ठूलो बल भनेको नै मातृभूमीप्रतिको माया नेपालीहरुबीचको सद्भाव, एकता, समाज सेवा जस्ता एजेन्डा लिएर अक्टोबर २३ देखि २५ सम्म काठमाडौंमा सम्पन्न हुने केन्द्रीय महाधिवेशनमा राई एसिया क्षेत्रको सह–संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।

राइले  जनमुखी, संस्थामुखी यी संकल्पलाई पूरा गर्न र एसिया क्षेत्रलाई संघभित्र अझै बलियो प्रतिनिधित्व गराउन मलाई एसिया प्रशान्त क्षेत्रको सह–संयोजक पदमा अत्यधिक बहुमतले विजयी गराउनुहन मेरा अग्रज, सहकर्मी, लगायत सम्पूर्ण साथीहरु सबैसँग अटुट विश्वासका साथ सहयोगको अपिल गरेका छन   

मलेसियामा सन् २००८ टमा संधको राष्ट्रिय समन्वय परिषद स्थापना गरी  ११ जनाबाट शुरु भएको एनसीसी मलेसिया अहिले ५ हजार २ सय ४९ सदस्यसहित ठूलो परिवार भएका छौं । यो हामी सबैका लागि गौरवको विषय बनेको राइ बताउछन । 

राइ एनआरएनए मलेसियाको संस्थापक सदस्यदेखी  महासचीव, उपाध्यक्ष, अध्यक्ष र आइसीसी सदस्य लगायत विभिन्न पदमा रहेर काम गरिसकेका छन। 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …