तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सुडान । दक्षिण सुडानको नाइल क्षेत्रमा सरकारी सेना र यहाँका उपराष्ट्रपतिको दल र उहाँ विरोधी गुटहरूबीच शनिबार व्यापक झडपहरू भएका छन् ।

दक्षिण सुडानका उपराष्ट्रपति रिक माचरको ‘पिपुल्स लिबरेसन आर्मी–इन–अपोजिसन’ (एसपिएलए–आइओ) का प्रतिद्वन्द्वी गुटहरूबीच भएका घातक लडाइँमा दुई उच्च सैनिक अधिकारीसहित दर्जनाँै सरकारी सेनाको मृत्यु भएको माचरका सैनिक प्रवक्ताद्वारा जारी एक वक्तव्यमा उललेख गरिएको छ । 

झडपमा प्रतिद्वन्द्वी सैन्य लडाकूको पनि ठूलो समूहलाई क्षति पुगेको उहाँले बताउनुभयो । माचरका प्रतिद्वन्द्वीहरूले यस हप्ता पार्टी र यसका सैन्य बलको प्रमुखको रूपमा उहाँलाई पदबाट हटाइएको घोषणा गरेपछि झगडा चर्किएको  स्थानीय समाचारहरूले बताएका छन् । 

झडपका कारण पाँच वर्षको गृहयुद्ध समाप्त गरी गरिएको कमजोर शान्ति सम्झौता कार्यान्वयनका लागि सैनिकमाथि थप दबाब पर्न सक्ने बताइएको छ । 

पार्टीका प्रतिद्वन्द्वी जनरल साइमन गाटवेच डुयलको नेतृत्वमा सशस्त्र फौजले माचरका समूहमाथि माथिल्लो नाइल राज्य क्षेत्रमा आक्रमण गरिएको उक्त हमलामा सम्लग्न ‘समूहलाई घृणा’ स्थानीयले विरोध गरेका प्रवक्ता कर्नल लाम पल गाब्रियलले बताउनुभयो । 

माचरको एसपीएलए–आईओ फौजले दुई उच्च पदस्थ सैनिक अधिकारी र २७ भन्दा बढी ‘शत्रु’ सिपाहीहरूको हत्या गरेको थियो भने  आफ्नो समूहका तीन जना व्यक्तिको मृत्यु भएको उहाँले बताउनुभयो ।  

यो लडाइँको स्वतन्त्र पुष्टि हुन भने सकेको छैन । गाटवेच डुअलको पक्षबाट घटनाबारे गरिएका अनुरोधहरूबारे तत्काल कुनै प्रतिक्रिया प्राप्त हुनसकेको छैन । 

डुएल र अर्का लेफ्टिनेन्ट जनरललाई सीमा पार गरेर सुडानमा उद्धार गरिएको दाबी गर्नुभएको छ साथै आफ्ना पक्षका वफादार सैनिकलाई माचरको इलाकामा जाइलाग्न आह्वान गरिएको गब्रियलले बताउनुभयो ।  

“एसपीएलए–आईओ नेतृत्वले सुडान सरकारलाई सुडानमा यी दुईलाई कायम राखेर आफ्नो तटस्थता कायम राख्न र उनीहरूलाई फर्केर त्यस क्षेत्रमा बढी असुरक्षा उत्पन्न गर्न नदिन अनुरोध गर्दछ,“ उहाँले अंग्रेजीमा जारी प्रकाशित एक विज्ञिप्तिमा भनिएको छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …