तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोजसम्ममा २ करोड खोप आउने पक्का भएको बताएका छन् । २३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै उनले सरकारले खरीद गरेको र कोभ्याक्स सुविधाअन्तर्गतको गरी उक्त मात्रामा खोप आउने सुनिश्चित भएको बताए ।

२३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै असोजसम्म २ करोड र माघसम्म ५ करोड २२ लाख खोप आउने सुनिश्चित भएको बताएका छन् । सोमवार पत्रकार सम्मेलन गरी उनले कोभ्याक्सअन्तर्गत १ करोड ५० लाख खोप नेपाल आउने तय भएकोमा ४० लाखको प्रक्रिया अघि बढेको बताए । यसैगरी, जापानबाट १६ लाख अस्ट्राजेनेका, चीनबाट खरीद गरेर बाँकी रहेको १० लाखसहित २६ लाख र भारतबाट खरीद गरेर आउन बाँकी रहेको १० लाख कोभिशिल्ड र विभिन्न दातृ निकायको सहयोगमा अमेरिकाबाट १ लाख १० हजार गरी २ करोडभन्दा बढी खोप असोजसम्ममा नेपाल आउने पक्का भएको जानकारी उनले दिए ।

फाइजरको ६० लाख र अन्य गरी ३ करोड २३ लाख खोप खरीदका लागि प्रक्रिया अघि बढाएको जानकारी दिँदै उनले माघसम्ममा ५ करोडभन्दा बढी खोप आइपुग्ने जानकारी गराए ।

बालबालिकालाई लक्षित फाइजरको ६० हजार डोज खोप खरीदको प्रक्रिया अघि बढेको उनले बताए ।

उनले चैतसम्ममा सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिएकोमा त्यसअनुसार प्रक्रिया अघि बढाएको भन्दै २०७८ भित्र सबै नेपालीले खोप पाउने दाबी गरे । खोप खरीदकै लागि सरकारले एशियाली बैंकसँग १ सय ६५ मिलियन अमेरिकी डलर ऋण सहायता पनि लिन लागेको जानकारी गराए ।

भारत सरकारको सहयोगमा गतवर्ष माघ दोस्रो सातादेखि नेपालमा कोभिशिल्डबाट खोप अभियान शुरू गरिएको थियो । तर, पछि भारतले खरीद गरेकै खोप पनि दिन नसकेपछि खोप अभियान प्रभावित भएको थियो । अहिले पनि १३ लाख ४८ हजार जनाले कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाउन बाँकी रहेको छ । जापानबाट २ सातामा अस्ट्राजेनेका खोप आउने पक्का भएको बताउँदै राज्यमन्त्री श्रेष्ठले कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई उक्त खोप दिइने बताएका छन् ।

तेस्रो लहरको संक्रमण रोक्न विशेष रणनीति र कार्ययोजना बनाइरहेको जानकारी गराउँदै उनले देशभर आईसीयू, एचडीयू, भेन्टिलेटर र अक्सिजनको उचित व्यवस्थापनका लागि काम अघि बढाइसकेको दाबी गरे ।

सरकारी सुविधा नलिने घोषणा
नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् ।

स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएपछि सोमवार आफ्नो कार्ययोजना सार्वजनिक गर्ने क्रममा उनले सरकारले उपलब्ध गराउने सेवासुविधामा सुरक्षाकर्मीको सेवाबाहेक पारिश्रमिक, तलबभत्ता, आवास तथा सवारीसाधनलगायत कुनै सुविधा नलिने बताएका हुन् ।

उनले आफू आबद्ध सबै व्यक्तिगत व्यावसायिक क्षेत्रबाट राजीनामा दिएको पनि घोषणा गरेका छन् । उनले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि व्यक्तिगत व्यावसायिक सहभागिताबाट अलग हुने निर्णय गरेको बताएका हुन् । अभियान दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …