तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। शहीद स्मारक ए डिभिजन लिग कात्तिक अन्तिम सातादेखि सञ्चालन हुने भएको छ । सो प्रतियोगिता आगामी कात्तिक २९ गतेदेखि गर्ने निर्णय भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

एन्फा र लिगमा सहभागी हुने १४ क्लबका प्रतिनिधिबीच आज भएको बैठकले लिगको समय परिवर्तन गर्ने निर्णय गरेको हो । यसअघि ए डिभिजन लिग असोज ३ गतेदेखि तय भएको थियो । साफ च्याम्पियनशिप आगामी असोज तेस्रो साता आयोजना हुने भएकाले लिग ढिला गर्नुपरेको एन्फाले जनाएको छ । यसपटक लिग विजेताले रु ७५ लाख पुरस्कार प्राप्त गर्ने छ । यसअघि विजेताले रु ५० लाख पाउने गरेको थियो ।

यस्तै लिग उपविजेताले रु ५० लाख पुरस्कार प्राप्त गर्ने छ । यसअघि उपविजेतालाई रु २५ लाख दिइने गरिएको थियो । तेस्रो हुने टोलीले रु २५ लाख पुरस्कार प्राप्त गर्नेछ । ए डिभिजन लिगमा सहभागी हुने प्रत्येक क्लबलाई प्रतियोगिताको तयारीका लागि रु २० लाख उपलब्ध गराउने एन्फाले जनाएको छ ।

लिगको अङ्कतालिकाको पुछारमा रहने दुई टोली बी डिभिजनमा घटुवा हुनेछन् । लिगका लागि खेलाडीको दर्ता प्रक्रियाको थालनी भइसकेको छ । लिगमा सहभागी हुने १४ वटै क्लबले खेलाडीलाई अनुबन्ध गर्ने काम गरिरहेका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …