तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ महानगरपालिकाले पानीको सङ्कट टार्न आकाशे पानी सङ्कलन र पानी पुनर्भरण अभियान सञ्चालनमा ल्याएको छ । उपत्यकामा पानीको समस्यालाई सम्बोधन गर्न अभियानले सहयोग पुग्ने बताइएको छ । काठमाडौँमा खानेपानीको माग दैनिक करिब ४५ करोड लिटर छ ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउँदा पनि दैनिक २८ करोड लिटर पानी कमी हुन जान्छ । यसको आपूर्तिका लागि वैकल्पिक स्रोतको खोजीका क्रममा कामपाले यस किसिमको अभियान थालनी गरेको जनाएको छ ।
वर्षाका समयमा पर्ने पानीको उपयोग गरी अभियान सहयोग पुग्ने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । उहाँले पानीको वर्तमान तथा भाबी सङ्कटलाई दृष्टिगत गरेर महानगरले दुई वर्षअघिदेखिनै पुनर्भरण अभियान शुरु गरेको बताउनुभयो ।

अभियानअन्तर्गत गोङ्गबु र रानीबारी पुनर्भरण आयोजना सम्पन्न भइसकेको छ भने स्वयम्भू भुइँखेलको पोखरी पुनः स्थापना गरिएको छ । पानी पुनर्भरण अवधारणा अवलम्बन गरी कमलपोखरी, बाँसबारी इको पार्क, बागमती नगरपार्क, धान्यो चित्तपार्क, कुलेश्वर बुद्ध विहार, लगन पार्क, शान्ति नमुना उद्यान र टुँडालदेवी उद्यानको विकास र संरक्षणको कार्य थालेको छ । कामपाले नन्दी रात्री विद्यालय र वडा नं ५ मा आकाशे पानी सङ्कलन प्रणाली उपयोगमा ल्याइसकेको छ ।

पुराना ढुङ्गेधाराको स्थान अवलोकन, मर्मत सम्भारको कार्य पनि थालेको छ । खानेपानीको स्रोत संरक्षणका लागि पुनर्भरण इनारको स्थापना, पानी बगैँचा (वाटर गार्डेन) र जमिनको भित्री तहमा पानी पठाउन पाइप प्रणालीको पनि उपयोग गर्दै आइएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …