तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

स्याङ्जा । सामाजिक सञ्जालमार्फत सङ्कलन भएको रकमबाट यहाँका एक संस्थाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका–११ स्थित आलमदेवी सामुदायिक परोपकार मञ्च तुलसीभञ्ज्याङ (आसा) ले सामाजिक सञ्जालमार्फत सङ्कलन भएको रकमबाट सुविधासम्पन्न एम्बुलेन्स बिहीबारदेखि सञ्चालनमा ल्याएको हो ।

सवारी साधनको अभावकै कारण अकालमै कोही कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले हाल जापानमा बस्दै आउनुभएका स्थानीय खेम जिसीले अगाडि सारेको परिकल्पनालाई मूर्तरुप दिने गरी संस्थागतरुपमा अगाडि बढिएको आसाका कोषाध्यक्ष देवेन्द्रदेव खनालले बताउनुभयो ।

तुलसीभञ्ज्याङसहित आसपासका इच्छुक दाता तथा यहाँबाट रोजगारीका सिलसिलामा विदेशी भूमिमा रहेका नेपालीको स्वतःफूर्त सहयोगमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको कोषाध्यक्ष खनालको भनाइ छ ।

नेपाल सरकारद्वारा राजस्व छुटमा रु. नौ लाख ५६ हजारको लागतमा महिन्द्रा कम्पनीको बोलेरो पिकअप एम्बुलेन्स खरिद गरी आवश्यक अक्सिजन सिलिण्डर जडान, सिट मर्मत, बीमासहित झण्डै तेह« लाखको खर्चमा सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । “विशेष गरी तुलसीभञ्ज्याङका जिमूहालगायत ठाउँबाट आवश्यक मात्रामा सवारी साधन नपाइने समस्या छ”, कोषाध्यक्ष खनालले भन्नुभयो, “कोही बिरामी भएर अप्ठ्यारोमा परेका बेला स्वास्थ्य संस्थासम्म पु¥याउनका लागि एम्बुलेन्स सेवाको शुरुआत गरेका हौँ ।”

एम्बुलेन्स सेवा सञ्चालनमा आएसँगै गल्याङ नगरपालिकाका ११, ९, ३ तथा पाल्पाको रम्भा गाउँपालिका र रामपुर नगरपालिकाका केही वडाका बिरामीलाई सहज भएको उहाँको भनाइ छ । सामाजिक सञ्जालमार्फत सङ्कलन भएको रकमबाट एम्बुलेन्स खरिद गरिएसँगै अब यसको सञ्चालनका लागि आवश्यक कोष स्थापना गर्ने तयारी भएको छ ।

एम्बुलेन्स सञ्चालन तथा मर्मतका लागि स्थानीय पालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ भने कोष वृद्धिका लागि एक घर–एक सदस्य बनाउने अभियान पनि अगाडि सारिएको कोषाध्यक्ष खनालले बताउनुभयो । “एम्बुलेन्स सेवाको शुरुआतसँगै विशेष गरी गर्भवती महिलालाई स्वास्थ्य चेकजाँच गर्न तथा सुत्केरी हुने समयमा अस्पताल पुग्न सहज हुने आसाका सञ्चार भएको संयोजक टीकाराम अधिकारीले बताउनुभयो । गाउँ गाउँमा आवश्यक परेका बेला सवारी साधन पाउन समस्या हुने र भाडा पनि धेरै हुने भएकाले सहुलियत दरमा एम्बुलेन्स सेवा सञ्चालन गरिएको उहाँको भनाइ छ ।

गल्याङ नगरपालिकाअन्तर्गतको गल्याङ नगर अस्पतालसँग समन्वय र सम्झौता गरी अस्पतालको दररेटअनुसार सेवा दिइने उहाँले बताउनुभयो । एम्बुलेन्स सेवाको शुरुआत गरेसँगै गाउँका नागरिकले सहज, सरल सस्तो भाडादरमा सेवा प्राप्त गर्न पाउने भएपछि खुशी भएका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …