तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

यही साउन ४ गते साँझ मदिरा सेवनपछि बिरामी परेर मृत्यु भएका मजदुरको शव तीन दिनपछि परिवारको जिम्मा लगाइएको छ । काजकिरिया खर्चसहित उनीहरुको शव परिवारको जिम्मा लगाइएको हो ।

परिवारलाई गलकोटको मल्ममा सञ्चालनमा रहेको बृहत् खानेपानी आयोजनाले काजकिरिया खर्च उपलब्ध गराएको हो । “तत्कालका लागि किरिया खर्च दिने सहमति भयो”, छलफलमा सहभागी चन्द्रबहादुर थापा ‘शिखर’ले भन्नुभयोे, “राहत होइन तत्कालीन खर्च दिइएको हो, खानेपानी उपभोक्ता समितिले बेहोर्ने गरी तत्काल स्थानीयवासीसँग भएको नगद उठाएर पठाएका छौँ ।”

रोल्पाबाट शव बुझ्नका लागि बागलुङ आएका मृतक मजदुर परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएपछि शव परीक्षण गरेर परिवारको जिम्मा लगाइएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताउनुभयो । साउन ४ गते सोमबार साँझ स्थानीय एक पसलबाट ल्याएको मदिरा, चाउचाउ तथा दालमोठ खाएपछि बिरामी परेका चार जनाको साउन ५ गते मङ्गलबार बिहान मृत्यु भएको थियो । दुई जना गम्भीर बिरामी मजदुरको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

मृतकका परिवारलाई प्रतिमृतक रु एक लाखका दरले काजकिरिया खर्च उपलब्ध गराइएको हो । मृतक चारै जनाको रोल्पामा सामूहिक दाहसंस्कार हुने भएको छ । परिवारका सदस्यले रोल्पामै दाहसंस्कार गर्ने निर्णय गरेको रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ का वडाध्यक्ष नमराज थापाले बताउनुभयो ।

शव परीक्षणपछि भिसेरा र खाना तथा मदिरा विधि विज्ञान प्रयोगशाला पठाइएको छ । रिपोर्ट आएपछि राहत तथा कारवाहीको विषयमा थप छलफल हुने प्रहरीले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …