तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेकपा विभाजन भएर पूर्वमाओवादी र पुर्वएमालेमा फर्किनु भन्दा अगाडीबाट नै पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपाल पुष्पकमल दाहाल प्रचण्डसँग साँठगाठ गर्दै आएका नेता हुन् ।

एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीसँग राम्रै सम्बन्ध रहेका माधव नेपाल ओलीले पौष ५ गते संसद विघटन गरेपछि एकाएक प्रचण्डका नजिकका मान्छे बन्न पुगे र ओलीलाई गाली गर्न थाले ।

कुनै सभा होस् या कुनै भेला अथवा कुनै भेटघाट होस् जहाँ पायो त्यहि ओलीलाई गाली गर्न थाले । ओलीको कदमलाई असंवैधानिक भने, विरुद्धमा डटेर लागे किनभने उनलाई एमाले त्यागेर प्रचण्डको प्यारो मान्छे बन्न त्यतिबेला देखि नै मन थियो ।

सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णयलाई बदर गर्ने निर्णय गरेपछि उनी प्रचण्डसँग मिलेर चितवनमा लड्डु पार्टीसमेत गरे । आफ्नै पार्टीको अध्यक्ष दुखमा परेको बेलामा लड्डु पार्टी गर्दा यिनी कति सन्तुष्ट थिए होलान ?

माधव कुमार नेपाल काँग्रेस र प्रचण्डसँग मिल्न थालेपछि आफ्नै पार्टी अध्यक्ष ओलीसँगको सम्बन्ध बिस्तारै फितलो हुन् थाल्यो । उनले ओलीको विरुद्धमा यति धेरै भाषण दिन थाले । माधव नेपाल यस्तो अवस्थामा पुगे कि अब ओलीको विरुद्धमा बोल्न केही पनि शब्द बाँकी नै छैन ।

माधव नेपाल एमालेका नेता भएर पनि आफ्नै अध्यक्ष र पार्टीविरुद्ध लाग्न थालेपछि ओलीलाई कताकता अप्ठ्यारो महशुस हुन् थाल्यो । त्यसकारण ओली माधव नेपालसँग वार्ता गरेर उनको समस्या बुझ्न चाहन्थे तर नेपालले कहिल्यै भेटेर समस्या बताउन चाहेनन् उनले माओवादी र कांग्रेसपथ खोजीरहे ।

आफ्नो असन्तुष्टि ओलीलाई राम्रोसँग नभन्ने अनि पार्टीको निर्णय पनि नमान्ने माधवले देशभर समानान्तर कमिटीको गठन गर्दै हिंड्न थाले । ओलीले बोलाएको हरेक बैठकलाई अस्वीकार गरे । खासमा आफ्नो असन्तुष्टिलाई अध्यक्षसँग पोखेर एकताको बाटोमा हिंड्न पर्ने अवस्थामा उनले त्यो चाहेनन् उनी एमालेलाई थप तहसनहस बनाउने बाटोतर्फ लागे । समानान्तर कमिटीको गठन गरेर एमालेलाई झन् फुटको दिशातिर धकेल्न नेपाल तल्लीन भए ।

त्यतिमात्र होइन उनले कहिले कुनै होटेलमा बैठक भन्दै आफ्ना पक्षका केही नेताहरु बोलाएर ओलीलाई पार्टीबाट हटायौं भन्न पनि छाडेनन् । एउटा पार्टीको कार्यकर्ता भएर आफ्नै पार्टीको अध्यक्षलाई पार्टीबाट हटाए भनेर भन्दै गर्दा दुनियाँ कति हास्यो होला ?

उनको त्यस्तो कदमलाई हेर्दै कतिपयले माधव नेपालले एमाले सिध्याएर माओवादी या काँग्रेस सँग मिल्ने भनेर अर्थ्याएका थिए । तर अहिलेसम्म माधव नेपालले काँग्रेसतिर जाने या माओवादीतर्फ जाने भन्ने विषयमा निर्णय गरिसकेका छैनन् ।

जस्तो कारण र अवस्था आए पनि पार्टीलाई एकताको बाटोमा लैजानपर्ने अवस्थामा माधव नेपालले समानान्तर कमिटी गठन गर्दै हिँडे । समानान्तर कमिटी गठन गर्दा एमालेको एकता झन् भंग हुन्छ भन्ने जान्दाजान्दै पनि माधव नेपालको यस्तो कदमले के संकेत देला ?

अहिले पार्टीका अध्यक्ष ओलीले पार्टीलाई जेठ २ गतेकै अवस्थामा फर्काउने कुरा गर्दा पनि माधव समूह त्यसमा सहमत छैन । ओलीले पार्टी एकताका लागि उक्त निर्णय गर्दा त्यसको सबैले स्वागत गरिराखेका छन् तर उनको अडान के हो भन्ने विषयमा अहिलेसम्म बाहिर आएको छैन।

ओलीले पार्टी एकताका लागि गरेको कदमलाई माधव नेपालले इन्कार गर्दा नेपाल समूहले एमालेलाई तहसनहस बनाउन खोजेको प्रष्ट हुन्छ ।

माधव नेपाल समूहले आफ्नो पार्टी फुटाएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षरबाट नै प्रष्ट हुन्छ की माधव नेपाल एमालेको एकता हेर्न इच्छुक छैनन् ।

ओलीले एकताका लागि माधव समूहलाई हस्ताक्षर फिर्ता लिन पटकपटक आग्रह गरेपनि उनीहरु हस्ताक्षर फिर्ता गर्न सहमत भएका छैनन् । एमाले फुटाउन यहाँ भन्दा अर्को ठुलो कदम के हुन् सक्छ ?

माधव नेपाल पक्षका नेता रामकुमारी झाँक्री भिम रावल लगायतका नेताहरुले ओलीले केही बैठक बोलाए भने गुटको बैठक भनेर स्ट्याटस लेखिहाल्छन, यसबाट के प्रष्ट हुन्छ भने माधव नेपाल समूह एमालेको एकता चाहदैनन् । उनीहरु काँग्रेस या माओवादी एउटा रोज्ने तयारीमा छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …