युरो २०२० अन्तर्गत हिजोराती भएको खेलमा नेदरल्याण्ड्सलाई पराजित गर्दै चेक रिपब्लिक क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार हंगेरीको बुढापेस्टस्थित पुस्कास एरेनामा भएको खेलमा चेकले १० खेलाडीको नेदरल्याण्ड्सलाई २-० ले पराजित गरेको हो ।
चेकले अब क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ । हारपछि नेदरल्याण्ड्स बाहिरिएको छ ।
त्यस्तै गएरातीकै अर्को खेलमा पोर्चुगललाई १-० गोलले पराजित गर्दै बेल्जियम युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार विहान सकिएको अन्तिम १६ को खेलमा साविक विजेता पोर्चुगललाई १-० गोलले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो।
बेल्जियमको जितमा थोर्गन हजार्डले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ४२ मिनेटमा गोल गरेका थिए।
५८ मिनेटमा पोर्चुगलका डिएगो जोटाले पाएको अवसरमा गोल गर्न सकेनन्। रोनाल्डोले दिएको पासमा जोटाले हानेको प्रहार क्रसबारबाट बाहिरिएको थियो।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …