तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी मानिएको खोपको व्यवस्थापनमा कूटनीतिक माध्यमबाट सक्रियता जारी राखेकी छन् ।

राष्ट्रपति भण्डारीले अमेरिकाका राष्ट्रपति जोन बाइडेन, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका राष्ट्रपति रामनाथ कोविन्द र चीनका राष्ट्रपति सी चिनफिङलाई विभिन्न माध्यममार्फत खोप सहयोगका लागि आग्रह गरेकी हुन् ।

गत शुक्रबार रुसका समकक्षी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र पठाउँदै राष्ट्रपति भण्डारीले रुसले उत्पादन गरेको स्पुतनिक–५ खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गरेकी हुन् ।

अमेरिका र रुसका समकक्षीलाई पत्र

यसैगरी, गत बिहीबार अमेरिकी राष्ट्रपति जोन बाइडेनलाई समेत राष्ट्रपति भण्डारीले अमेरिकी विदेश मन्त्रालयमार्फत खोप सहयोगका लागि पत्र पठाएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए ।

परराष्ट्र मन्त्रालयमार्फत पठाइएको पत्रमा नेपाल महामारीको संकटमा रहेको र जनताको जीवन रक्षाका लागि खोप अनिवार्य विकल्प भएको भन्दै खोप सहयोगका लागि अनुरोध गरिएको ढकालले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले पठाएको पत्रलाई सोमबार अमेरिकाको विदेश मन्त्रालयले राष्ट्रपति बाइडेनसमक्ष पेस गर्ने जानकारी अमेरिकी विदेश मन्त्रालयले राष्ट्रपति कार्यालयलाई गराएको छ । साथै विदेश मन्त्रालयले नेपालले भोगिरहेको कोरोनाको समस्याका विषयमा अमेरिका जानकार रहेको र आवश्यक सहयोगका लागि सकरात्मक रहेको सन्देशसमेत दिएको छ ।

राष्ट्रपति भण्डारीले गत बुधबार दिउँसो उत्तरी छिमेकी मुलुक चीनका समकक्षी सी चिनफिङसँग नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन आग्रह गर्दै टेलिफोन गरेकी थिइन् ।

सो क्रममा चीनका समकक्षी सी र राष्ट्रपति भण्डारीबीच करिब ४५ मिनेट कुराकानी भएको थियो । जवाफमा चिनियाँ राष्ट्रपति सीले नेपाल चीनको अभिन्न मित्र रहेकाले आवश्यक सहयोगबारे आफू सकारात्मक रहेको बताएका थिए भने लगत्तै १० लाख खोप सहयोगको घोषणा भएको थियो । यसअघि पनि चीनले भेरोसेल खोप ८ लाख डोज नेपाललाई उपलब्ध गराइसकेको छ ।

त्यसअघि गत मंगलबार राष्ट्रपति भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई पनि कोरोनाविरुद्धको खोप खरिदका लागि पहल गरिदिन अनुरोध गरेकी थिइन् ।s

उनले भारतीय समकक्षी कोविन्दलाई परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाउँदै नेपाललाई खोप उपलब्ध गराउने विषयमा सहजीकरण गरिदिन आग्रह गरेकी थिइन् ।

भारतलेसमेत यसअघि नेपाललाई १० लाख डोज खोप अनुदानस्वरूप पठाइसकेको छ । त्यसपछि नेपालले थप २० लाख डोज खोप खरिदका लागि भारतलाई रकम पठाएको थियो । सोमध्ये १० लाख नेपाल आइसकेको छ भने बाँकी १० लाख डोज आउन बाँकी छ ।राजधनी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …