तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं – बेलायतकी एक डिभोर्सी महिला लामो समयदेखि धनी प्रेमीको खोजीमा थिइन् । प्रेमी खोज्न उनले एक प्रख्यात डेटिङ कम्पनीको महंगो सदस्यता लिइन् ।

लामो समयपछि पनि डेटिङ कम्पनीले सही पार्टनर खोज्न नसकेपछि महिलाले उच्च अदालतमा मुद्दा हालेर जरिवानाको माग गरिन् । अदालतले एजेन्सी ठगीमा संलग्न रहेको र सही जानकारी नदिएकोमा दोषी पायो र त्यसमाथि २३ लाख रुपैयाँको जरिवाना लगायो ।

चेल्सीमा बस्ने टेरिजा बुर्की तीन सन्तानकी आमा हुन् । उनले सन् २०१३ मा नाइटब्रिजस्थित डेटिङ कम्पनी सेभेन्टी थर्टीको प्रिमियममा सदस्यता लिइन् । उनले १६ लाख रुपैयाँ कम्पनीलाई तिरिन् ।

टेरिजाले धनी र विदेशयात्रा गर्न मन पराउने व्यक्तिलाई पार्टनर खोज्न लगाइन् । अनि चौथो बच्चा नयाँ पतिसँग मिलेर जन्माउने इच्छा व्यक्त गरिन् ।

डेटिङ एजेन्सीका व्यवस्थापकीय निर्देशक लेमेर्स टमसले आफ्नो वेबसाइटमा असीमित जोडीमिलान र टन्नै पुरुष सक्रिय भएको वाचा गरेका थिए । तर वास्तविकता त्यस्तो थिएन ।

टेरिजाका अनुसार, वेबसाइटमा जम्मा १०० प्रोफाइल थिए र तिनीहरू डिमान्डमा खरो उत्रिएनन् ।

न्यायाधीशले महिलालाई एजेन्सीले भ्रामक जानकारी दिएको बताए अनि सदस्यता शुल्कका साथै जरिवाना पनि तिर्न लगाए ।

एजेन्सी

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …