तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ।राष्ट्रपति  विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध छुट्टाछुट्टै रिट लिएर अधिवक्ताहरू सर्वोच्च अदालतमा पुगेका छन् । अधिवक्ता सन्तोष भण्डारी, रामबहादुर शाही, शैलेन्द्र अम्बेडकर, वीरभद्र जोशी छुट्टाछुट्टै रिट अदालत गएको बताईएको  छ ।

राष्ट्रपतिले प्रधानमन्त्रीमा दाबि प्रस्तुत गर्नको लागे दिएको समयसीमा आज साँझ ५ बजे सकिंदैछ ।

राष्ट्रपतिको कदमलाई लिएर यतिबेला चौतर्फी आलोचना भईरहेको छ ।

नेपाली कांग्रेस र विवेकशील साझाले राष्ट्रपतिमाथि महाअभियोग लगाउनुपर्ने प्रस्ताव अगाडी सारेका छन् ।

त्यस्तै सरकारको विकल्प दिनको लागी विपक्षी दलहरुको बैठक जारी रहेको छ ।

संविधानको धारा ७६ को उपधारा ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत लिईनसकेको अवस्थामा र राजीनामा पनि नदिएको अवस्थामा राष्ट्रपति भण्डारीले एकैपटक संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार निर्माणको आव्हान गरेकी छिन् । कानून विद्हरुका अनुसार राष्ट्रपतिको यस्तो कदम संविधानका व्यवस्थासँग बाझिने खालको छ ।

कानून विद्हरुका अनुसार संविधानको रक्षार्थ रहेको पदमा आसिन व्यक्तिले नै संविधानको विरुद्व कदम चाल्नु महाभियोग लगाउन मिल्ने कसुर हो । जुन कुसरकै आधारमा राष्ट्रपतिमाथि महाभियोग लगाउन मिल्छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …