तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पीसीआर परीक्षणका लागि घरघरमा गई नमुना सङ्कलन गर्दा लाग्ने शुल्क निर्धारण गरेको छ ।

निजी क्षेत्रबाट सञ्चालित प्रयोगशालाले मनपरी शुल्क लिएको गुनासो बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई त्यससम्बन्धी मापदण्ड बनाउन निर्देशन दिएको थियो ।

राष्ट्रिय प्रयोगशालाका प्रवक्ता राजेशकुमार गुप्ताले अब निजी क्षेत्रका प्रयोगशालाले व्यक्तिको घरमा गई स्वाब सङ्कलन गर्दा लाग्ने दुई हजार रुपियाँमा थप पाँच सय रुपियाँ मात्र लिन पाउने निर्णय गरेको जानकारी दिनुभयो । त्यसबाहेक अन्य शुल्क लिएको अवस्थामा त्यस्ता प्रयोगशालालाई कारबाही हुने उहाँले जानकारी दिनुभयो ।

चौबीसै घण्टा पीसीआर परीक्षण
अब टेकुस्थित राष्ट्रिय प्रयोगशालाले चौबीसै घण्टा पीसीआर परीक्षण गर्ने भएको छ । स्थानीय तहले स्वाबको नमुना सङ्कलन गरेर पठाएपछि प्रयोगशाला चौबीसै घण्टा सञ्चालन हुने भएको हो । प्रयोगशालाका प्रवक्ता गुप्ताले दैनिक चारदेखि पाँच हजारसम्म नमुना स्थानीय तहबाट आउने गरेको जानकारी दिनुभयो ।

यसअघि बिहान, दिउँसो र बेलुकी तीन चरणमा मात्र पीसीआर परीक्षण हुने गर्दथ्यो । प्रयोगशालामा आउने व्यक्ति दैनिक दुईदेखि तीन सय हुने गरेको उहाँले बताउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …