तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले कांग्रेस सभापति शेरबहादुर देउवाले जसपा फुटाउन र एमालेका सांसदलाई राजीनामा गराउन उक्साएको आरोप लगाएका छन ।

त्यस्तै उनले आठ दशक पुग्न लाग्नुभएका देउवाले बहुदलीय प्रजातन्त्रलाई बद्नाम बनाउने त्यस कालखण्डलाई फेरि पछ्याउन खोज्दा लोकतन्त्र र कांग्रेसलाई कति फाइदा पुग्ला भनेर प्रश्नसमेत गरेका छन।

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लाई पार्टीगत सहमतिका आधारमा १३६ सांसद जुटाएर नयॉ सरकार बनाउने सुविधा छ । तर, जसपा फुटाएर वा एमालेका सांसदलाई राजीनामा गर्न लगाएर सरकार बनाउन खोजेमा भविष्यमा आफ्नो पार्टीको हालत पनि त्यही हुन्छ भन्ने कांग्रेसलाई याद हुनुपर्ने हो । किनकि, ०५४ मा एमाले फुटाउन उत्साहसाथ लागेको कांग्रेस ०५९ मा आफैं फुटेको इतिहास पुरानो भएको छैन ।

यसै पनि शेरबहादुर देउवाका नाममा सत्ताकै लागि भक्तबहादुर रोकायलाई गायब पारेको, राप्रपाका सांसदलाई बैंकक पठाएको, सांसदहरू किनेको, इतिहासकै जम्बो मन्त्रिमण्डल बनाएको, सांसदलाई पजेरो सुविधा दिएको र पछि पार्टीले सरकार छाड्न निर्देशन दिंदा पार्टी नै छाडिदिएको जस्ता कीर्तिमान कायम छन् । अवाञ्छित तरिकाले बनाएको र जोगाएको सरकार ०५३ मा आफ्नै पार्टीका दुई सांसद अनुपस्थित भएर अवाञ्छित तरिकाले नै ढालेको सम्झना हुनुपर्ने हो । चारपटक प्रधानमन्त्री भइसक्नुभएका र आठ दशक पुग्न लाग्नुभएका देउवाले बहुदलीय प्रजातन्त्रलाई बद्नाम बनाउने त्यस कालखण्डलाई फेरि पछ्याउन खोज्दा लोकतन्त्र र कांग्रेसलाई कति फाइदा पुग्ला ? रिजालले सामाजिक संजालमा लेखेका छन।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …