तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

सुशिल सुबेदी

सिन्धुपाल्चोक । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले कोरोना मारमा परेका पत्रकारलाई राहत दिने उदेस्यले कोभिड– १९ पत्रकार राहत कोष स्थापना गरेको छ ।

कोभिड– १९ संक्रमणमा परेका शाखाका सदस्यलाई सहयता गर्ने उद्देश्यले सो कोष स्थापना गरिएको जिल्ला शाखाका अध्यक्ष जीवन श्रेष्ठले जनाकारी दिए । उनका अनुसार सो कोष नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले नै सञ्चालन गर्नेछ । सो कोषबाट जिल्ला शाखाका सदस्य तथा जिल्लामा क्रियाशिल पत्रकारहरु कोरोना संक्रमणमा परेमा आर्थिक सहायता दिईने छ ।

कोषमा हालसम्म एक लाख रुपैंया संकलन भइसकेको छ,’ अध्यक्ष श्रेष्ठले भने– ‘हामी सबैलाई सो कोषमा आर्थिक सहयोग गर्न समेत सबै सहृदयी महानुभावहरुलाई आह्वान गर्दछौं ।’ कोषमा प्राप्त रकमको आधारमा कार्यविधि बनाएर पीडित पत्रकारहरुलाई आर्थिक सहयोग गरिनेछ । यस सहयोगबाट पीडामा परेका पत्रकारलाई केही मात्रामा भएपनि राहत पुग्ने महासंघले विश्वास लिएको छ ।

सिन्धुपाल्चोकमा कोभिड– १९ को दोस्रो लहरमा एक जना पत्रकार संक्रमित भइसकेको छन् । पहिलो चरणमा पनि दर्जनबढी पत्रकारलाई कोभिड संक्रमण भएको थियो । कोषमा सहयोग गर्न चाहनेले नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको मेगा बैंक लिमिटेड चौतारा शाखाको खाता नं। ०१४००६०००३७२२ (Federation of Nepali journalists, Chautara AC No – 0140060003722, Mega Bank, Chautara)  मा रकम जम्मा गर्न सक्ने जनाईएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …