तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। प्रमुख प्रतिपक्ष कांग्रेसका सभापति शेरबहादुर देउवाले देश कोभिड -१ ९ महामारीको दोस्रो चरणमा रहेको जनाउदै अत्यन्त कम सख्यामा पिसीआर परिक्षण हुँदा पनि ३७ प्रतिशत संक्रमित देखिनु भनेको देशमा संक्रमितको संख्या धेरै बढी भएको निष्कर्ष निकाल्दै कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्नका लागि केपी शर्मा ‌ओली नेतृत्वको सरकार असफल भएको निष्कर्ष निकाल्दै ११ बुँदे माग राखेका छन् ।

देउवाले भनेका छन, सक्रमितहरुको उपचार गर्न देशको स्वास्थ्य सरचनाले धान्नै नसक्ने स्थिति बनेको र बढ्दो संक्रमण संगै आइसियु बेड , भेन्टिग्रेटर र अक्सिजनको टड्कारो अभाव देखिन थालेको छ । यस्तो परिस्थिति आउनुमा सरकारको चरम लापरवाही , असंवेदनशीलता र अर्कमन्यता जिम्मेवार छ । यो सरकार न विगतका गल्तीहरुबाट सिक्छ न नेपाली काग्रेस तथा अन्य सरोकारवालाहरुले दिएको सल्लाह र सुझावलाई आत्मसात गर्न सक्छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका सम्बन्धमा आफ्नै निवास बुढानिलकण्ठमा शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्वप्रधानमन्त्री देउवाले ११ बुँदे माग राखेका हुन् । सरकारले कोरोना नियन्त्रणका क्रममा विगतमा गरेका गल्तीबाट पाठ नसिकेको एवं कांग्रेस लगायतका पार्टी र अन्य सरोकारवालाले दिएका सल्लाह र सुझाव पनि नमानेको भन्दै देउवाले ११ बुँदै माग अगाडि सारेका छन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि काम गर्नुपर्ने बेलामा प्रधानमन्त्री ओलीले काम पूरा नभएका योजना उद्घाटन गर्ने तथा तय नै नभएका योजना शिलान्यास गर्नका लागि भीड जम्मा गरेको आरोप देउवाले लगाएका छन् । यस्ता आरोप लगाएका देउवाले भनेका छन्, ‘कोभिड—१९ को बढ्दो संक्रमणका कारण जनताले भोगिरहेको समस्याबाट पार पाउन संक्रमण रोकथाम र उपचारको समुचित प्रबन्ध मिलाई लकडाउनको समयलाई पूर्ण रूपमा सदुपयोग गरी तत्काल निम्न काम गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।

यस्ता छन् ११ माग :

कोभिड–१९ संक्रमितहरूको उपचारका लागि अत्यावश्यक अक्सिजन र भेन्टिलेटरको यथेस्ट आपूर्ति तत्काल सुनिश्चित गरियोस् ।

कोभिड—१९ संक्रमितहरूलाई आवश्यक अस्पताल बेड, आइसीयू बेड लगायतका स्वास्थ्य पूर्वाधार, अत्यावश्यक औषधी र अन्य आवश्यक स्वास्थ्य सामाग्रीहरूको तत्काल समुचित व्यवस्था गरियोस् ।

देशका सम्पूर्ण जिल्लाहरूमा कन्ट्याक ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितहरूको पीसीआर परीक्षणलाई व्यापक गरियोस् ।

सीमा नाकाहरूमा अनिवार्य पीसिआर परीक्षण र परीक्षणको नतिजा नआउन्जेल होल्डिङ केन्द्रहरूमा राख्ने व्यवस्था गरियोस् । परीक्षणमा संक्रमित देखिएकाहरूलाई स्थानीय निकायहरूको समन्वयमा आइसोलेसन केन्द्रहरूको व्यवस्था गरी राखियोस् ।

स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मीहरूलाई बीमा र जोखिम भत्ता तत्काल कार्यान्वयन गरियोस् । बढ्दो संक्रमणसँगै स्वास्थ्य जनशक्तिको अभाव देखिएकाले अस्पतालहरूमा थप स्वास्थ्य जनशक्तिको व्यवस्था गरियोस् ।

पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राख्ने सरकारको गैर जिम्मेवारीपूर्ण रवैयाको भत्र्सना गर्दै तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्न फेरि माग गर्दछौं ।

खोप आपूर्ति लगायत अत्यावश्यक स्वास्थ्य सामाग्रीको आपूर्ति सुनिश्चित गर्न प्रभावकारी कुटनीतिक पहल गरियोस् ।

लकडाउनका समयमा पनि किसानका कृषि उपज तथा अन्य उपभोग्य वस्तुहरूको आपूर्ति र आवत—जावतलाई सहज गरियोस् ।

विदेशमा जानेहरूलाई आवश्यक पीसीआर परीक्षण गर्ने अस्पतालहरूको संख्या बढाइयोस् ।

लकडाउनका कारण आर्थिक सामाजिक मारमा परेका आम नागरिक, श्रमिक र साना व्यवसायीहरूलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याइयोस् ।

मास्क अनिवार्य लगाउने, साबुन पानीले हात धुने, भौतिक दुरी कायम गर्ने लगायतका स्वास्थ्य सुरक्षा मापदण्डहरूलाई कडाइका साथ लागू गर्न अनुगमन संयन्त्र मजबुद गरियोस् ।

यी मागहरूका साथै कोरोना नियन्त्रणमा पार्टीले खेल्ने भूमिकाबारे पनि देउवाले प्रतिबद्धता जाहेर गरेका छन् । सबैलाई कोरोनाबाट जोगिनका लागि जारी गरिएका स्वास्थ्य मापदण्ड पालना गर्न आह्वान गर्दै उनले भनेका छन्, ‘नेपाली कांग्रेस कोभिड—१९ संक्रमणलाई रोकथाम गर्न, संक्रमितहरूलाई उपचार पहुँचमा सघाउन तथा राहत कार्य गर्न निम्न लिखित काम गर्ने प्रतिवद्धता जाहेर गर्दछ ।

यस्ता छन् ४ प्रतिवद्धता

सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई कोभिड -१ ९ को सक्रमणवाट आफ पनि जोगिन र अरुलाई पनि जोगाउन कोभिड -१ ९ स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न नेपाली काग्रेस हार्दिक अनुरोध गर्दछ । नेपाली काग्रेस कोभिड -१ ९ संक्रमणलाई रोकथाम गर्न , संक्रमितहरुलाई उपचार पहुंचमा सघाउन तथा राहत कार्य गर्न निम्न लिखित काम गर्ने प्रतिबद्धता जाहेर गर्दछ ।

अनिवार्य मास्क लगाउने , सावुन पानीचे हात धुने , भौतिक दुरी कायम गर्ने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न नेपाली काग्रेसका केन्द्र दखि स्थानीय तहसम्मका सबै सरचनाहरुबाई दशभरी सचेतना अभियान संचालन गर्न क्रियाशील गराइनेछ ।

कोभिड -१ ९ बाट सक्रमित भई उपचारको पहुँचमा पुग्न समस्यामा परेकाहरुलाई हरसम्भव सहयोग गर्न पनि पार्टी सरचनाहरुलाई सक्रिय गराइनेछ ।

लकडाउनका कारण आर्थिक सामाजिक समस्या परेकाहरुलाई गत समयमा जस्तै सहयोग अभियान चलाउन नेपाली काग्रेस क्रियाशील हुनेछ ।

यस अघि नै नेपाली काग्रेसले विकसित मित्र राष्ट्रहरुलाई आफ्नो अग्रीम बुकिङ गरेको खोप सख्याबाट आवश्यक नभएको खोप नेपाल जस्ता देशहरुलाई उपलब्ध गराउन अनुरोध गरेको थियो । यसै बीच संयुक्त राज्य अमेरिकाले बोप सहयोग गर्ने निर्णय गरेको छ । यस निर्णयको स्वागत गर्दै अन्य विकसित मित्र राष्ट्रहरुलाई पनि खोप सहयोग पुयाउन अनुरोध गर्दछौ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …