तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

दिनेश अर्याल

प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेस मिलेनियम च्यालेन्ज कर्पोरेशन ( एमसीसी )  प्रति सकारात्मक देखिएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी नेपालको हितको लागि भएकोले यसलाई भित्र्याउन लागि पर्नु पर्ने बताएका छन् ।

उनले एमसीसी नेपालको संसदबाट पारित हुनुपर्ने तर्क राखेका छन् । एमसीसीबारे अनावश्यक हल्ला चलाईएको देउवाको बुझाई रहेको छ ।

शुक्रबार देउवा निवाश बुढानिलकण्ठमा आयोजित एक पत्रकार सम्मेलनमा पत्रकारहरुसंग कुरा गर्दै एमसीसी नेपालको हितमा भएको र यसलाई संसदबाट तुरुन्त पास गर्नुपर्ने बताए ।

उनले एमसीसी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईदेखिको पालादेखि सुरु भएको तर्क राखे । पत्रकारसँग कुरा गर्दै उनले भने, ‘यो बाबुराम भट्टराइको पालादेखि भएको काम हो । मेरो पालामा त सिग्नेचर गरेर पठाएको मा हो । यत्रो ठूलो अनुदान, ब्याजस्याज छैन । सित्तैमा आएको छ । तर, अनेक भ्रम फैलाइयो ।’

त्यस्तै उनले एमसीसी पछि अमेरिकी सेना नेपालमा आउँछ भन्ने कुराको खण्डन समेत गरेका छन् ।   ‘अमेरिकी सेना आउँछ भनेर हल्ला फैलाइएको छ । हामीले त्यस्तो गर्न दिन्छौ ? कसैले दिन्छ ? यस्ता झुट्टा प्रचार भइराख्या छ ।’ उनले भने ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …