तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रबिन्द्र यादव

नवलपरासी पश्चिम । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले गोली लोड भएको पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ ।  

पक्राउ पर्नेमा सुस्ता गाँउपालिका वडा नम्बर ५ तरैनी बस्ने बर्ष २२ को सुनिल भेडियार पाल रहेका हुन । 

प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान साढे चार बजेको समयमा भारतबाट नेपाल तर्फ आउदै गरेको भारतीय नम्बर प्लेट यु पी ५७ एजेड  ५०१९ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक सुस्ता गाँउपालिका वडा नम्बर ५ तरैनी बस्ने भेडियार पालको साथबाट एक राउण्ड चेम्बर लोड भएको टाइप ५४ जस्तो देखिने म्याग्जिन सहितको पेस्तोल सुस्ता गाँउपालिका वडा नम्बर ५ रामनगर नारायणी नदिको ठोक्कर नं ४ बाट फेला पारेको हो । 

बरामद भएको पेस्तोल, गोली र भेडियार पाललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …