तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

क्रियाशील सदस्यताको ‘इन्ट्री’ वैशाख १५ गतेभित्र गरी सक्नुपर्ने अन्तिम मिति निर्धारण 

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यताको ‘इन्ट्री’ यही वैशाख १५ गतेभित्र गरी सक्नुपर्ने अन्तिम मिति निर्धारण गरिएको छ ।

वैशाख १५ गते राति १२:०० बजे कम्प्युटर सफ्टवेयरमा ‘इन्ट्री’ हुने ‘सिस्टम’ स्वतः बन्द गरिने सोमबार बसेको केन्द्रीय समिति बैठकले निर्णय गरेको हो ।

सफ्ट्वेयरमा ‘इन्ट्री’ भएका क्रियाशील सदस्यता नामावली सरोकारवालाको जानकारीका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले पार्टीको वेबसाइटमा सार्वजनिक गर्ने व्यवस्था गरिने पार्टी कार्यालयले जनाएको छ ।

यस्ता छन निर्णयहरु :

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय , वीपी स्मृति भवन , वीपी नगर , ललितपुरमा आज सम्पन्न भयो । महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गर्नु भएका देहायका प्रस्तावहरु बैठकले पारित गरेको छ । 

प्रतिनिधि सभाको अधिवेशन आकस्मिक स्थगन गरिएको सम्बन्धमा 

१.सरकारले प्रतिनिधि सभाको अधिवेशन अप्रत्याशित र हठात अन्त्य गरेको विषयलाई बैठकले गम्भीरतापूर्वक लिएको छ । वैशाख ७ गते बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नु पर्ने जनसरोकारका कयौं महत्वपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्दाज गरेर संसदबाट भाग्ने काम लोकतान्त्रिक मूल्य , मान्यता र संसदीय पद्धति बर्खिलाप रहेको ठहर बैठकले गरेको छ । यो बैठक सरकारको स्वेच्छाचारी प्रवृतिको घोर भर्त्सना गर्दछ । 

कोरोनाबाट जनताको सुरक्षा विशेष कार्ययोजना तत्काल निर्माण गर्ने बारे 

२ . बैठकले कोरोना महामारीको पछिल्लो चरणमा बढ्दो प्रतिकूलता दृष्टिगत गरेर जनताको जीवन रक्षाका लागि अविलम्ब विशेष कार्ययोजना निर्माण गर्न र त्यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । विश्व बजारमा उपलब्ध भइसकेको भ्याक्सिन पर्याप्त रुपले आयात गरेर ‘ हरेक नागरिकलाई भ्याक्सिन , हरेक नागरिकको सुरक्षा ‘ को व्यापक र द्रुत अभियान संचालन गर्न बैठकले सरकार समक्ष जोडदार माग गर्दछ । साथै कोरोनाबाट जोगिन सर्तकताका साथ सुरक्षाका रणनीतिहरु अनिवार्य रुपले पालना गर्न आम जनतालाई समेत अपिल गर्ने निर्णय बैठकले गरेको छ । 

क्रियाशील सदस्यता बुझाउने अन्तिम मिति सम्बन्धमा 

३ . नविकरण र नयाँ क्रियाशील सदस्यताको “ इन्ट्री ” २०७४ वैशाख १५ गतेभित्र गरी सक्नु पर्ने अन्तिम मिति निर्धारण गरिएको छ । सो राती १२:०० बजे कम्प्युटर सफ्टवेयरमा ‘ इन्ट्री ” हुने “ सिस्टम ” स्वतः बन्द गरिने छ । 

४. कियाशील सदस्यता नविकरण र वितरण सम्बन्धी कार्य पार्टीको विधान , नियमावली केन्द्रको परिपत्र बमोजिम तत्काल सम्पन्न गरी बडा , पालिका , प्रदेश सभा क्षेत्र , प्रतिनिधि सभा क्षेत्र , जिल्ला सम्मका सबै कार्यसमितिका निर्णयको प्रतिलिपी , सदस्यता शुल्क र लेबी रकम लगायतका कागजात सहित जिल्लाको प्रतिवेदन २०७८ वैशाख १७ गते ५:०० बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाई सक्नु पर्नेछ । 

५. सफ्ट्वेयरमा “ इन्ट्री ‘ भएका क्रियाशील दिस्यता नामावली सरोकारवालाको जानकारीका लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले पार्टीको वेवसाइटमा सार्वजनिक गर्ने व्यवस्था गर्ने । 

६ . अन्य राजनीतिक दलबाट नेपाली कांग्रेसमा प्रवेश गरेका सदस्यहरुको क्रियाशील सदस्यता समायोजन सम्बन्धमा “ अन्य राजनीतिक दल समायोजन समिति ” को निर्णय अनुसार केन्द्रबाट जिल्लामा पठाउन बाँकी रहेका अन्य पार्टीबाट आएका व्यक्ति , समायोजन वा बडामा न्यूनतम संख्या नपुगेका क्रियाशील सदस्यताका फारम बैशाख १५ गतेभित्र केन्द्रीय कार्यालयले जिल्लालाई उपलब्ध गराउने , त्यस्ता फारम सबै प्रक्रिया पुरा गरी जिल्ला कार्यसमितिले वैशाख मसान्तभित्र केन्द्रमा पुऱ्याइसक्नु पर्ने र त्यसको कम्प्युटर “ इन्ट्री ‘ कियाशील सदस्यता छानविन समितिले नै केन्द्रमा गर्ने गरी व्यवस्था गर्ने । 

७. सिन्धुपाल्चोक र सप्तरी जिल्लामा हालसम्म क्रियाशील सदस्यताको प्रकृया शुरु नभएको एवं बारा र सोलुखुम्बुमा केही समय अघि मात्रै प्रकृया शुरु भएको हुनाले ती जिल्लाका हकमा २०७५ वैशाच मसान्तभित्र जिल्लाबाट केन्द्रको सफ्टवेयरमा “ इन्ट्री गरी सक्नु पर्ने । 

शोक एवं समवेदना 

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलका माइला भाइ एवं नेपाली कांग्रेसका अग्रज व्यक्तित्व गोविन्दराज पौडेलको चैत्र ३० गते , नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका संस्थापक सभापति एवं पूर्व वाणिज्य तथा आपूर्ति राज्य मन्त्री ऐश्वर्यलाल प्रधानाङ्गको चैत्र २० गते , नेपाली कांग्रेस ताप्लेजुङका पूर्व सहसभापति एवं नेपाल भूतपूर्व सैनिक संघको पूर्व केन्द्रीय सचिव डी.बी. राईको चैत्र २२ गते , नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य , नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका पूर्व कोषाध्यक्ष एवं प्रसिद्ध उद्योगपति साखः ग्रुपका अध्यक्ष गणेशभक्त साखःको वैशाख ३ गते ; प्रजातन्त्र सेनानी , पूर्व मन्त्री एवं तत्कालीन काठमाडौं नगरपालिकाका मेयर प्रयागराज सिंह सुवालको वैशाख ५ गते , नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य पाँचथरका गणेश ढकालको चैत्र ३० गते , नेपाली कांग्रेस जिल्ला कार्यसमिति कास्कीका सभापति कृष्णबहादुर के.सी.का पिता हर्कबहादुर के.सी.को वैशाख ३ गते , कास्की जिल्ला साविक लेखनाथ नगरपालिकाका पूर्व सभापति चक्रपाणी पौडेल चैत्र २३ गते , सिरहा क्षेत्र नं . १ का क्षेत्रीय सभापति अचमितलाल चौधरीकी धर्मपत्नी एवं क्रियाशील सदस्य असियादेवी चौधरीको चैत्र २७ गते भएको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । 

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पुऱ्याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामना साथ एक मिनेट मौन धारण गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति यो बैठक गहिरो समवेदना प्रकट गरेको छ । 

बैठकमा धारणा व्यक्त आजको बैठकमा नेता रामचन्द्र पौडेल , बलबहादुर के.सी. आनन्दप्रसाद ढुंगाना , अजयकुमार चौरसिया र कर्णवहादुर बुढाले आफ्नो धारणा राख्नु भएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …