तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

धनगढी । दुई वर्षअघि भएको कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान अन्तिमतिर पुगेको छ । लामो समयदेखि घटनाको सुक्ष्म तवरले अनुसन्धान गर्दै आएको प्रहरी टोलीले निर्मलाको घटनामा संलग्नहरुको पहिचान गरी अनुसन्धानको अन्तिमतिर पुगेको जनाएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदीले अनुसन्धान अन्तिमतिर पुगेको बताउँदै उनले भने– ‘निर्मला प्रकरणमा अब हामी अन्तिम चरणमा पुगेको र पात्र भन्दा पनि प्रमाण संकलनको चरणमा छौँ ।’

डीआइजी सुवेदीले बैतडीकी किशोरी भागरथी प्रकरणपछि निर्मला घटना बारे विश्वासिला सूचना प्राप्त भई घटनाको अनुसन्धान अन्तिमतिर पुगेको बताए । उनले अब करिब १५/२० दिनभित्र अनुसन्धान टुंग्याउनेतर्फ क्रियाशिल रहेको र सकभर यो महिनाभित्र निर्मला घटनाबारे निष्कर्षमा पुग्ने बताए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले पनि उक्त घटना केही दिनभित्रै टुङ्गोमा पुग्ने दाबी गरे। ‘निर्मला प्रकरणको अब महिना हैन दिन गणना सुरु भइसकेको छ । केहीदिन भित्रै अपराधी हाम्रो नियन्त्रणमा आउँछ,’ उनले भने।

२०७५ साउन १० गते घरबाट हराएकी कञ्चनपुर भीमदत्त नगरपालिकाकी निर्मलाको ११ गते निम्बुखेडास्थित उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। यो घटनामा फितलो अनुसन्धानलाई लिएर प्रहरीमाथि निरन्तर प्रश्न उठिरहेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …