तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । घरेलु टोली नेपाल थ्री नेसन्स कपको आफ्नो पहिलो खेलमा १० खेलाडीमा समेटिएको किर्गिस्तानको यू–२३ टोलीसँग गोलरहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा घरेलु टोली नेपालले दर्जन बढी अवसर गुमाउँदा १० खेलाडीमा समेटिएको किर्गिस्तानसँग गोलरहित बराबरीमा रोकिन बाध्य बनेको हो ।

खेलको सुरुवातदेखि नै किर्गिस्तानलाई दबाबमा राखेको नेपालले खेलको चौथो मिनेटमा आक्रमण बुनेको थियो । तेज तामाङको फ्रिकिकमा अन्जन विष्टको फ्रि हेडर पोस्टनजिकैबाट बाहिरिँदा नेपाल अग्रता लिनबाट चुक्यो । नवौं मिनेटमा त्रिदेव गुरुङको कर्नरमा फ्लिक भएको हेडरलाई दिनेश राजवंशीले मौका पाए पनि प्रहार गर्न सकेन ।

१०औं मिनेटमा त्रिदेव गुरुङको कर्नरमा अनन्त तामाङको हेडर बाहिरिँदा नेपालले अग्रता लिन सकेन । १४औं मिनेटमा अञ्जन विष्टको क्रस पोस्टमा लागेर फर्कंदा डिफेन्डरले क्लियर गर्दै बचाउँदा नेपाल पुनः अग्रता लिनबाट चुक्यो । २९औं मिनेटमा अभिषेक रिजालले पेनाल्टी बक्सनजिकै अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । ३३औं मिनेटमा रवि पासवानको क्रसमा अञ्जन विष्टले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

अब नेपालले लिगको अन्तिम खेलमा बंगलादेशसँग बराबरीमा रोकिए पनि फाइनल पुग्न पर्याप्त हुनेछ । किर्गिस्तान फाइनल पुग्न नेपाल बंगलादेशसँग पराजित हुनुपर्नेछ ।

४९औं मिनेटमा त्रिदेव गुरुङको कर्नरमा तेज तामाङको हेडर गोलरक्षक प्रिएडकिन अर्टिमले सहजै बचाए । ५३औं मिनेटमा फ्रिकिकबाट आएको बललाई गोलरक्षक तथा कप्तान किरण चेम्जोङले सहजै नियन्त्रणमा लिए । ६३औं मिनेटमा रञ्जित धिमालको फ्रिकिकमा अन्जन विष्टको हेडर पोस्टनजिकैबाट बाहिरिँदा नेपाल अग्रता लिनबाट चुक्यो ।

लगत्तै रञ्जितकै फ्रिकिकमा अञ्जनको हेडर पोस्ट नजिकैबाट बाहिरियो । ६६औं मिनेटमा दिनेश राजवंशीको क्रसमा अञ्जनको हेडर सदुपयोग हुन सकेन । ६६औं मिनेटमा किर्गिस्तान १० खेलाडीमा समेटियो । अभिषेक रिजाललाई लडाएपछि रेफ्री क्रिस्टल जोनले कप्तान तासिभ कामोलिदिनलाई दोहोरो पहेलो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।

७३औं मिनेटमा रोहित चन्दको ब्याक पासमा तालमेल नमिल्दा गोलरक्षक किरणले गोललाइन नजिकैबाट क्लियर गर्दै नेपालको संकट टारे । ७५औं मिनेटमा दिनेश राजवंशीको पासमा सुजल श्रेष्ठले पेनाल्टी बक्समा सुवर्ण अवसर पाए पनि उनको प्रहार अकासियो । ७९औं मिनेटमा अनन्त तामाङको ओभर हेड किकलाई किर्गिस्तानका गोलरक्षक प्रिएडकिन अर्टिमले नियन्त्रणमा लिए । नेपाल र किर्गिस्तानको बराबरीपछि बंगलादेश फाइनलमा प्रवेश गरेको छ ।

नेपाल र किर्गिस्तानको समान १ अंक तथा बंगलादेशको ३ अंक छ । अब नेपालले लिगको अन्तिम खेलमा बंगलादेशसँग बराबरीमा रोकिए पनि फाइनल पुग्न पर्याप्त हुनेछ । किर्गिस्तान फाइनल पुग्न नेपाल बंगलादेशसँग पराजित हुनुपर्नेछ । किर्गिस्तान पहिला खेलमा बंगलादेशसँग १–० ले पराजित भएको थियो ।

बराबरीपछि नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले टोलीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए । उनले तीन महिनाको तयारीबीच कुनै मैत्रीपूर्ण खेल नपाएकाले पहिलो खेल हुँदा नतिजा निकाल्न नसकिएको थपे । ‘दशरथ रंगशालमा धेरै वर्षपछि खेल्न मौका पायांै । हामीले दर्जन बढी अवसर सिर्जना ग-यौं । स्कोर निस्किएन । अट्याकिङ थर्डमा चुक्यो,’ प्रशिक्षक महर्जनले खेलपछि भने । उनले आफूले ल्याएको टोली र यो टोली नेपालको वान अफ दि बेस्ट टोली रहेको बताए ।

किर्गिस्तानका प्रशिक्षक जोल्डोसोभ नुर्वेकले टोलीले सोचेभन्दा पनि राम्रो खेलेको र टोलीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए । उनले १० खेलाडीमा समेटिएपछि डिफेन्सिभ खेल्दै नेपाललाई रोक्न सफल भएको र खेलाडीले सक्नेभन्दा बढी खेलेको धेरै खुसी रहेको थप्दै नेपाल र बंगलादेशबीचमा नेपाल तुलनात्मक रूपमा राम्रो रहेको बताए ।

नेपालले शनिबार बंगलादेशसँग खेल्दै छ । राउन्ड रोबिन लिगपछि शीर्ष २ टोलीले चैत १६ गते फाइनल खेल्नेछन् । विजेता टोलीले ५ हजार र दोस्रो टोलीले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …